बैशाख ४, २०८१ मंगलबार

अर्कैको लाइसेन्सका लागि ट्रायल दिने २ महिला पक्राउ



स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ ।

रानाभाटले तनहुँको भानु(२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।

उनीहरू दुवै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।