बैशाख ९, २०८१ आईतबार

आहा ! गुल्मीका सुन्दर गाउँ र आकर्षक हिमश्रृङखला



गुल्मी-गुल्मीको पश्चिमी भेगबाट उत्तरमा माछापुच्छ्रे,अन्नपूर्ण लगायतका हिमश्रृखलाहरु सजिलै देख्न सकिन्छ ।

जिल्लाका विभिन्न स्थानबाट सुन्दर गाउँहरुसंगै आर्कषक हिमालय श्रृङखला हेर्न सकिन्छ । पहाडी जिल्लाको रुपमा परिचित जिल्लामा नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरी धार्मिक ऐतिहासिक महत्त्व बोकेका रुद्रावेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्त्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा लगायतका पर्यटकिय गन्तब्यहरु रहेका छन् ।

यि स्थानहरू धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रूपमा परिचित छन्