बैशाख २५, २०८१ मंगलबार

गोरखामा एक महिला मृत फेला



गोरखा — गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० वर्षीया विमला कुमाल मृत अवस्थामा भेटिएकी छन् । घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको केराबारीको झ्याङ नजिकै कुमाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

मंगलबार बिहान करिब ४ बजे घरबाट निस्किएकी उनी मध्याह्न १२ बजे मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।

यद्यपि मृतकको शरीरमा कुनै चोट नदेखिएका कारण शंकास्पद भएको भन्दै प्रहरीले यस घटनाको छानबिन गरिरहेको जनाएको छ । ‘शरीरमा चोटपटक देखिएको छैन, घटनाको थप अनुसन्धान भइरहेको छ,’ डीएसपी लामिछानेले भने । महिलाको शव पोष्टमार्टमका लागि अहिले गोरखा अस्पताल ल्याइएको छ ।