चैत्र १६, २०८० शुक्रबार

उपत्यका उपप्रमुख सञ्जालको नेतृत्वमा सुनिता डंगोल



काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मंगलबार भएको उपत्यकाका नगरपालिकाका उपप्रमुखहरुको बैठकले सञ्जाल गठन गरेको हो ।

उपप्रमुखहरुको कामको विषयमा छलफल गर्न, काममा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य र समन्वय गर्न सञ्जाल गठन गरेको डंगोलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने भएर हामीले गठन गरेका हौं,’ डंगोलको भनेकी छन् ।

सञ्जालको हरेक महिना बैठक बस्ने तय भएको छ ।