बैशाख १०, २०८१ सोमबार

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक



काठमाडौँ- प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक भएको छ ।

गएराती ह्याकरले प्रधानमन्त्री कार्यालयको एकाउण्ड ह्याक गरी असान्दर्भिक ट्विट रिट्विट गरेका छन् ।

पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट गरीएको छ ।

तर, प्रधानमन्त्री कार्यालय तथा सचिवालयबाट यस बारेमा कुनै सार्वजनिक जानकारी आएको छैन।