गुल्मी । गुल्मीको ग्वाघाकी खेममाया पुन अहिले हरेकदिनजसो पाँच–दश रुपैयाँ जम्मा गर्दै गाउँभरि डुलिरहन्छिन्। त्यो पैसा उनले आफ्ना लागि नभएर गाउँका गर्भवती महिलालाई समस्या पर्दा गर्जो टार्नका लागि जम्मा गरेकी हुन्।
सुत्केरी हुने बेला अस्पताल पु¥याउन नसकेर सोही गाउँकी धनमाया बलालले अकालमै ज्यान गुमाएपछि अहिले उक्त घटनाले धेरैलाई सचेत बनाएको छ । पहिलो बच्चा जन्माउँदा २२ वर्षको उमेरमै ज्यान गुमाएकी धनमायाको जस्तै अवस्था अरूको नहोस् भनेर यसो गरेको खेममायाले बताइन्।
खेममाया मात्र होइन, ग्वाघाका हरेक वडाका महिला गर्भवती महिलाको अकालमै ज्यान नजाओस्, नियमित जाँच र सुत्केरी हुने बेला सुरक्षित प्रसूति केन्द्रसम्म पु¥याउन सकियोस् भनेर यसरी नै धमाधम रकम जम्मा गरिरहेका छन्।
प्रसूति अवस्थामा महिलाको अकाल मृत्यु हुन नदिनका लागि महिलाले खाजा खर्च कटाएर आकस्मिक कोष जम्मा गरेका छन्। विकट गाविस भएकाले आफ्नै गाविसमा भएको ‘बर्थिङ सेन्टर’सम्म पु¥याउन नसकेर गर्भवती तथा सुत्केरी महिलाको
अकालमै ज्यान गएपछि त्यसबाट जोगाउन महिलाले आकस्मिक सुत्केरी बचत कोष जम्मा गरेका हुन्।
गुल्मीको सदरमुकामबाट दश कोस टाढाको सो गाविस निकै विकट भएकोले गर्भवती महिलालाई ‘बर्थिङ सेन्टर’सम्म पु¥याउन एक दिनभन्दा बढी समय लाग्छ । यसरी जम्मा पारेको पैसाले उनीहरूले गर्भवती दिदीबहिनीलाई बर्थिङ सेन्टरसम्म पु¥याउँछन् र आमा–बच्चा दुवैको ज्यान बचाउँछन्।
सुत्केरी बचत कोष वडा नं. ५ की अध्यक्ष खेममाया थापाका अनुसार, जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपाल गुल्मीले सञ्चालन गरेको प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि समता र पहुँच
कार्यक्रमअन्तर्गतका तालिममा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यको विषयमा जानकारी पाएपछि तालिममा आएको खर्च जोगाएर महिलाले आकस्मिक सुत्केरी बचत कोषमा जम्मा गरेका हुन्।
गुल्मीका विभिन्न स्थानमा अहिले २३ वटा बर्थिङ सेन्टर छन्। ग्वाघामा मात्र होइन जिल्लाको दिगाम, बम्घा, जैसीथोक, धुर्कोट र जस्थल गाविसका महिलाले पनि सुरक्षित प्रसूतिका लागि भनेर आफैंले चन्दा सङ्कलन गरेर घुम्ती कोष स्थापना गरेका छन्।
अहिले ती गाविसका हरेक वडाका महिला कोष जम्मा गर्न लागिपरेका छन्। गैरसरकारी संस्थाहरू सेडेक नेपाल र नार्डेक नेपालको सहयोगमा ती गाविसमा कार्यक्रम सञ्चालन भएपछि सुरक्षित मातृत्वका विषयमा महिलामा चेतना वृद्धि मात्र भएको छैन, यसका लागि उनीहरू सक्रियसमेत भएका छन्।
गाविसका हरेक वडाका महिलाले सुरक्षित मातृत्व आमा समूह गठन गरी वाड नै पिच्छे कोष खडा गर्न सुरुवात गरेको प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि समता र पहुँच कार्यक्रम सञ्चालन गरेको संस्था नार्डेक नेपालका अध्यक्ष रेशम कुँवरले बताए ।
‘कसरी महिलालाई सहयोग गर्ने भन्ने जानकारी नै नभएर धेरै महिलाको अकाल ज्यान गएको रहेछ, अलिकति यस विषयमा जानकारी गराउनेबित्तिकै त खाजाखर्च नै जोगाएर महिला बचत कोष खडा गर्न कस्सिए, अहिले त हरेक वडामा बचत
कोष छ,’ उनले भने। गाउँका धेरै महिला आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा जान नसकेर जोखिममा परेकाले यसरी कोष खडा गर्नुपरेको आकस्मिक सुत्केरी बचत कोष ५ नं. वडाका अध्यक्ष खेममाया पुनले बताइन्।
‘स्वास्थ्यचौकी टाढा भएकाले बाटोखर्चकै अभावमा महिलाको ज्यान नजाओस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ,’ उनले भनिन्। महिला आफैंले अभियानको सुरुवात गरेपछि धेरै सजिलो भएको महिला स्वास्थ्य स्वयम्सेविका द्रुपती पुनले बताइन्। आर्थिक पक्ष मात्र नभएर बुझाइमा पनि परिवर्तन आयो, विगतको तुलनामा निश्चय नै परिस्थिति फरक हुनेछ ।
ग्वाघा उपस्वास्थ्यचौकी बर्थिङ सेन्टरका अहेव कमला अर्याल पौडेलका अनुसार, यो अभियानले सुरक्षित मातृत्वको
क्षेत्र उदाहरणीय हुने ठानिएको छ । जम्मा गरेको बचत रकमबाट ग्वाघा गाविसका महिलालाई निःशुल्क सहयोग गरिन्छ । अन्य गाविसमा घुम्ती कोषको रूपमा जसलाई आवश्यक पर्छ त्यसले बिनाब्याज प्रयोग गर्न सक्छन्। सुरक्षित सुत्केरीसम्बन्धी चेतना
जागेपछि महिलामा यस विषयमा केही गरौँ भन्ने उत्साह जागेको बताउँछिन् जैसीथोककी महिला स्वास्थ्य स्वयम्सेविका सिर्जना घिमिरे। ‘गाउँमा महिला पछि परेको शिक्षा र जनचेतनाको कमीले रहेछ,’ उनले भनिन्।
प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि समता र पहुँच कार्यक्रम सञ्चालन भएपछि गाउँका महिला मात्रै खुसी छैनन् उनीहरूको मिहिनेत देखेर कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्था तथा स्वास्थ्यका कर्मचारीसमेत दङ्ग छन्। महिलाको यो कार्यले
गाउँमा चेतनाको नयाँ लहर ल्याएको र आगामी दिनमा आकस्मिक कोषमा सहयोग तथा अन्य तालिमका लागि सहयोग गर्न हरसम्भव प्रयास गरिने बताउँछन् जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. हरिबहादुर केसी ।
महिलाको यो प्रयासलाई नमुना उदाहरणको संज्ञा दिँदै डा. केसीले भने, ‘यो अभियानलाई विस्तार गर्न र आकस्मिक कोषका रूपमा जम्मा गरिएको रकममा थप सहयोग गर्नमा हाम्रो साथ सधंै रहनेछ ।’
कार्यक्रम लागू भएका गाविसमा गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउन प्रत्येक वडामा स्टेचर वितरण गरिएको र आकस्मिक कोष खडा गर्ने अभियान पनि चलाइएको गैरसरकारी संस्था महासङ्घ नेपाल गुल्मीका अध्यक्ष विष्णु भण्डारीले बताए । ‘तत्काल पैसा अभाव भएका कारण एम्बुलेन्समा स्थ्य केन्द्र पु¥याउन नसक्नेहरूका लागि स्टेचरमा लैजान सकियोस् भनेर वडा–वडामा स्टेचर दिइएको छ,’ उनले भने।
सुरक्षित सुत्केरी गराउन तीन–चार घन्टा लगाएर सदरमुकाम जाने समस्या भएपछि गुल्मीको जैसीथोकका महिलाले गाउँकै उपस्वास्थ्यचौकीमा‘बर्थिङ सेन्टर’को माग गरेका छन्। गर्भवती र सुत्केरी बेथा लागेका महिलालाई सुरक्षित सुत्केरी गराउन
टाढासम्म लैजानुपर्दा ज्यानैसमेत जोखिममा पर्न सक्ने भएकाले सबै पूर्वाधार पुगेको गाउँकै उपस्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएमहिलाको ज्यान सुरक्षित हुने थियो भन्ने उनीहरूको धारणा छ ।
प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि समता र पहुँच कार्यक्रमअन्तर्गत गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको कार्यक्रमको अनुगमन तथा हस्तान्तरणका लागि पुगेका जिल्ला स्वास्थ्यकार्यालय प्रमुखलगायत अन्य सरोकारवालासँग उनीहरूले यस्तो माग गरेका हुन्। महिला स्वास्थ्यस्वयम्सेविका सिर्जना घिमिरेले भनिन्, ‘हाम्रो गाउँमा बिजुली, बाटो, तालिमप्राप्त स्वास्थ्यकर्मी र पक्की भवन सबै पूर्वाधारहरू छन् तर अहिलेसम्म ‘बर्थिङ सेन्टर’ नभएपछि सुत्केरी गराउन तीन–चार घन्टाको बाटो हिँडेर तम्घास लैजानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्