बैशाख १४, २०८१ शुक्रबार

ऋषि धमला पत्नी एलिजा मोटरसाईकल दुर्घटनामा घाईते



नायिका तथा पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । मोटरसाईकल दुर्घटनामा परेकी एलिजाले अहिले घरमै आराम गरीरहेकी छिन् ।
‘ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र ऐलिजा दि’ एजिलाका भाई सुजन आचार्यले फेसवुकमा स्टाट्स लेख्दै जानकारी दिएका छन् । उनले लाजिम्पाट घर जाने क्रममा दुर्घटना भएको जानकारी दिए ।

आफु चलाएको मोटरसाईकल दुर्घटनमा परेको उनको भनाइ छ । बाटो काट्न लागेको गाइलाइ जोगाउने क्रममा मोटरसाईकलको ब्रेकले काम नगर्दा दुर्घटना भएको उनले स्टाट्स मार्फत जानकारी दिएका हुन् ।
‘बाइकको ब्रेकले काम गरेन र बाइक इस्पिड मा थियो स्पिड कन्ट्रोल गर्न सकिन’ उनले लेखेका छन्, ‘जसका कराण दुर्घटना हुन पुग्यो दिदि को अवस्था गम्भीर छ ।’ पत्रकार ऋषी धमलाले एलिजा सवार मोटरसाइकल दुर्घटनामा परेको पुष्टि गरेका छन् ।