बैशाख १४, २०८१ शुक्रबार

आत्म निरभरको बाटो अंगाल्दै ग्रामीण महिला




बझाङ – परम्परागत गुजरामुखी खेतीपाती गर्ने प्रचलनले बर्षभरी खान नपुग्ने र सानोतिनो खर्चका लागी पनि अरुकै मुखताक्नु पर्ने अवस्थावाट यहाँका ग्रामिणभेगका गृहणी महिलाहरु मुक्तहुन खोजी रहेका छन् । अहिले जिल्लाका प्रायजसो ठाँउका सर्वसाधारण महिलाहरु घरमै केहिन केहि सानोतिनो व्यवसाय गरेर स्वरोजगार हुन खोज्दै छन् ।

जिल्लामा सरकारी तथा गैर सरकारी निकायहरुले व्यावसाय मुखी खेतीगर्नका लागी प्राविधिक तथा आर्थिक सहयोग गुर्नका साथै स्थानिय ठाँउमा बजारी केन्द्र बढेर तरकारीको माग हुन थालेपछि चुलोचौको र खेतीपातीमै समिति महिलाहरु अहिले व्यवासयिक खेतीमा आर्कषण बढ्दै गएको हो ।

जिल्लाको विकट बुङ्गोल नगरपालीका ३ घर भएकी विमला देवी सिंहले पनि आफ्नो घरनजिकैको खेतमा धान गहुँ लगाउन छोडेर तरकारी खेती गर्न सुरु गरेकी छन् । उनको तरकारी वारीमा भेटीएकी विमला सिंहले पुरानो खेतीपाती गर्ने प्रचलन लाई घटाएर घरमै सानोतिनो पैसा कमाउनका लागी तरकारी खेती गरेको वताईन् ।

सय घरधुरी रहेको उनको बस्तीमा उनले उत्पादन गरेको आलु प्याज काँक्रा गाँउमै विक्री हुन्छन् बाँकी नजिकै विजगडा बजारमा पनि उनको तरकारी विक्री हुन्छ । गुजरामुखी खेती गर्दा विहान देखी साँझ सम्म हातखाली हुदैन उनले भनिन् राम्ररी खानपनि पाईदै दुईचार रुपैया पनि खोज्नु पर्ने भएकाले पैसा कमाउने पेशा रोजेको उनको अनुभव छ ।

दुईचार खेतमा व्यवसायिक तरकारी लगाएर विमलाको आम्दानी हुनथालेपछि विमला जस्तै अन्य महिलाहरु पनि स्वरोजगार हुने काम गदैछन् । उनको गाँउमा कुनै महिलाले बाख्रा पालन गर्ने गरेकी छन् भने कसैले भैसी मात्र पालेर र दुध विक्री गर्ने गरेकी छन् । कसैले फलफुल खेती र कसैले खेतमा दाल मात्र बढी लगाएर विक्री गरि पैसा कमाउने योजनामा देखीन्छन् ।

गाँउकी अर्की महिला पार्वतीले भनिन् अब हामी महिलाहरुले उत्पादन गरेको कृर्षि उत्पादन सवै सरकारले खरिद दिनु पर्छ हामी ढुङ्गा ढुड्गामा उत्पादन गछौ । विभिन्न व्यवसायमा लागेका महिलाहरुले आफुले उत्पादन गरेको कुरा विक्री नभएको गुनासो गरेकी छन् ।

बुङ्गोल क्षेत्रका गृहणी महिला र वेरोजगार युवाहरु लाइ स्वारोजगार बनाउने लक्ष गरेर बुड्गल नगरपालीका कार्यालय र सामाजिक तथा प्राविधिक सेवा समुह अन्तरगत पहल कार्यक्रमले यसभेगका एक सय भन्दा महिला पुरुषहरु लाई कृषि सामाग्री टनेलहरु, सिचाई खानेपानी सुविधा, पानीको बहुउपयोग गर्ने विधि, बेसार, दालमट चाउमेन बनाउने सिपमुलक तालीम सिकाउदै आएको छ ।

बुङ्गोल नगरपालीका प्रमुख धन बहादुर विष्ट गृहणी महिलाहरु लाई परम्परागत गुजरामुखी खेतीपाती गर्ने प्रचलन लाई सुधार गरि आत्मर्निभर हुने व्यवसायिक खेतीगर्ने पहल गरेको वताए । उनले भने नगरपालीका भित्रको सम्भावना र अवसरलाई पहिचान गरि हामी मानिसहरुको जिविकोपार्जन सुधार हुने योजना कार्यक्रम बनाई रहेका छौ । बुङ्गल क्षेत्रमा हाल कालंगा हाईड्रोको काम भई रहेकाले यसक्षेत्रको तरकारी फलफुल दहिदुध अन्य खाद्यन्न पनि विक्री भई रहेको छ ।

घरमै बसेर सानो मेहनतले व्यवसायिक खेती गर्दा घरखर्च चलाउन पैसा आउने भएकाले खिरातडी , सुनकुडा, मौलाली लगाएतका स्थानमा महिलाहरु बढी व्यवसायतिर लागेका देखीन्छन् ।

यसका साथै अहिले गाँउघरका अन्य पढेलेखेका महिलाहरु पनि परम्परागत जिवन शैली भन्दा परिर्वतन हुन खोजी रहेको सुनिकोटकी सुनिता थापाले वताईन् । महिलाहरुले घरमा दुई चार बाख्रा दुईचार गाई भैसी पाल्ने मेलापात , लेखऔल खेतीपाती पर्ने जस्ता कामलाई घटाएर एकै व्यवसाय गर्ने काममा जोड दिएका छन् ।

पहलले जिल्लामा विभिन्न क्षेत्रमा जिविकोपार्जनका कार्यक्रम गरि रहेको छ ।