बैशाख ९, २०८१ आईतबार

कपडा तथा सिलाइ व्यावसायी महासघको संयोजकमा श्रेष्ठ



नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमि सीप बिकास समितिको संयोजकमा हेटौंडाकी युवा व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छन ।

नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आएकी छन ।

उधोग मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमि सम्मानवाट सम्मानित भइसकेकी महिला उद्यमी श्रेष्ठले नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासंघलाई धन्यवाद दिदै दिएको जिम्मेवारी सम्पुर्ण ब्यावसयीको साथ र सहयोग लिएर पुरागर्न आफू सक्दो लागिपर्ने बताइन्।

आफू पनि महिला भएको र घरमा महिला सक्षम हुदा सिङ्गो परिवारको आर्थिक ,सामाजिक स्तर वृद्धिहुने भएकाले हरेक महिलाले कुनै न कुनै सीप सिक्दा दीर्घकालीन रुपमा पारिवारिक आर्थिक आवस्थामा टेवा पुर्याउन सक्ने बताउदै, सिलाइ ब्यावसाय महिलाहरुले घरमा सानो पूँजीबाट संचालन गर्न सक्ने भएकाले यो ब्यावसायलाई नेपाल सरकारबाट पनि सहयोगको खाँचो रहेको उनले बताइन् ।

नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासंघको राष्ट्रिय सीप बिकास प्रर्वधन समितिको सदस्यमा नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष नारायण सिंह थिङलाई मनोनीत गरेको छ।