बैशाख २६, २०८१ बुधबार

श्रीमानले पठाएको ७ लाख लिएर अर्कैसंग हिँडीन तीन बालबच्चाकी आमा



Poila

जुम्ला –  श्रीमान्‌ले विदेशबाट पठाएको सात लाख रुपैयाँ साथमा लिएर एक महिला अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुर्ज्या बुढा हुन् ।

बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् । केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी हुँ भनेपछि विवाह गरेको हालका श्रीमान् रावत पक्षका कृष्णबहादुर रावतले बताए । दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुर्ज्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए । तर नगद कुनै नराखेर अर्कैसँग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्तबहादुर बुढाले बताए ।

पीडित विष्णुबहादुर बुढा हाल कतारमा छन्, उनी नेपाल आउन अझै ६ महिना बाँकी रहेको आफन्त भक्तबहादुर बताउँछन् । अहिले सुज्र्या बुढा र मीनबहादुर रावत दुवैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ । पीडित पक्षधरले बुढाले हालसम्म बालबच्चा पालेको, घरमा बस्दा विविध क्षेत्रमा खर्च भएको रु तीन लाख छुटृाएर रु चार लाख ८३ हजार नगद फर्काउन माग गरेका छन् । रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस