बैशाख १४, २०८१ शुक्रबार

चर्चित पत्रकारले खोलिन् मायाँ र प्रेमको रहस्य



समुन्द्र भन्दा गहिराे
अाकास भन्दा फराकिलाे
जसकाे व्याख्या हुदैन
त्याे नै माया हाे।

माया गर्छु भनेर
न त माया गरिन्छ
मुखमा हाेइन माया
याे त दिलभित्र हुन्छ
भन्नु भन्दा पनि
महसुस गर्नु पर्छ।

एक यस्ताे घटना
जाे अाफै घट्न सक्छ
थाहै नदिइ याद
मुटुमा बस्न सक्छ।

स्वार्थ र अपेक्षामा
हुदैन चाेखाे माया
लेनदेन खाेज्याे भने
व्यापार हुन्छ त्यहा ।

शरीर भन्दा पर
अात्मामा हुन्छ माया
जहा जैले त्यैले
साथ दिन्छ जस्तै छाया।

हुनत
व्याख्या अाअाफ्नाे हुन्छ
माया त सवै संग
अाअाफ्नै प्रकारकाे हुन्छ ।

मायाकै कारण
पराइ पनि अाफन्त वन्न सक्छन
मायाकाे अर्थ नवुझ्दा
अाफै पराइ वन्छन।-