बैशाख २, २०८१ आईतबार

चौबिसैघण्टा ब्रा लगाउनेलाई शारीरिक समस्या



ब्रा स्तनको स्वास्थ्य र सही आकारका लागि लगाउने गरीन्छ । यसल शरीरको बनावटलाई आकर्षक बनाउने पनि कतिपयको भनाई छ ।

तर एक अध्ययनका अनुसार लगातार ब्रा लगाउनु भने ठीक नहुने तथ्य फेला परेको छ । २४ सै घण्टा ब्रा लगाउनाले शरीरमा केही समस्याहरू देखिने बताइएको छ ।

लगातार लामो समयसम्म ब्रा लगाउनेहरूको शरीरलाई असहज महशुस हुनुका साथै स्तनमा दुखाइको समस्या बढ्ने र शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन नपाउने देखिएको छ । रक्तसञ्चार राम्रोसँग नभए विभिन्न आन्तरिक समस्याहरू पैदा हुन सक्छ ।

लगातार लामो समय ब्रा लगाउनाले ढाड दुख्ने समस्या पनि हुन सक्ने अध्ययनले बताएको छ । यदि ब्रा एकदम कसिलो छ भने यस्तो समस्या दोब्बर हुन सक्छ ।

लामो समयसम्म कसिलो ब्रा लगाउनाले शरीरको कोमल छालामा डाम पर्छ । त्यसले चिलाउने समस्या बढाउन सक्छ ।

त्यस्तै कसिलो ब्रा लामो समयसम्म लगाउने बानीले शरीरको आकार पनि नराम्रो बनाइदिन्छ । शरीरमा घाउसम्म हुन सक्छ ।