बैशाख ७, २०८१ शुक्रबार

आज फेरी ह्वात्तै बढ्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हाजर २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।