बैशाख ३, २०८१ सोमबार

प्रथम अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा सुदेशनालाई रजत शान्तिलाई कांस्य



काठमाडौं । नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् ।

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेकाे यो स्पर्धामा सुदेशनाले ६.७५ अंक जोडिन् ।

६.३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जितिन् ।  प्रगति कुइकेल ५.६० अंकसाथ पाँचौं स्थानमा रहिन् ।

ब्राजिलकी मारियाना उर्बिनाले ६.८० अंक जोड्दै स्वर्ण हात पारिन् ।

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए । अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।