बैशाख २२, २०८१ शनिबार

नायिका सुमी मोक्तानको जोडिले जित्यो डान्सिङ वीथ द स्टार नेपालको उपाधि



डान्सिङ वीथ द स्टार नेपाल सिजन १ को उपाधि नायिका सुमी मोक्तानको जोडिले जितेको छ । शनिबार राति भएको फाइनलमा स्टार सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले उपाधि जितेका हुन्।

हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोमा उपाधि जितेसँगै विजेताले नगद २० लाख र ट्रफी प्राप्त गरेका छन्।

१२ जोडी सहभागी कार्यक्रममा तीन वटा टिम बुद्धिका, सुबिजु र प्रियम फाइनलमा पुगेका थिए। जसमध्ये दोस्रो उपाधि अर्थात् फस्ट रनरअप टिम बुद्धिका भएको छ। बुद्धिका टिममा बुद्ध लामा र केविका खत्री थिए।

सेकेन्ड रनरअप टिम प्रियम भएको छ। यसमा प्रियना आचार्य (मुन्नी) र सुबम् भुजेल थिए।

प्रतिस्पर्धीमध्ये निर्णायकको नम्बर र भोटलाई आधार मानेर हरेक हप्ता एक जोडी बाहिरिंदै आएको उक्त कार्यक्रममा फाइनलमा भने दर्शकको भोटले मात्रै निर्णायकको काम गरेको छ।

प्रतियोगितामा अभिनेत्री गौरी मल्ल, अभिनेता दीलिप रायमाझी र कोरियोग्राफर रेनेशा राई निर्णायक थिए।

‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी सो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले बैशाख पहिलो सातादेखि उत्पादन तथा प्रसारण गर्दै आएको थियो ।

बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को मुख्य प्रयोजन आइएमई ग्रुपले गरेको थियो भने भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धन गरिएको ‘आइएमई पे’ आवद्ध थियो ।