चैत्र ३०, २०८० शुक्रबार

आज सोमबारको तपाइँको राशिफल यस्तो छ, ख्याल गर्नुहोला



विसं.२०७७ साल पौष ०६ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–सप्तमी, २९ घडी २९ पला, बेलुकी ०६ बजेर ४० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाभाद्रपदा, ४७ घडी २२ पला, रातको ०१ बजेर ४९ मिनेट उप्रान्त उत्तरभाद्रपदा ।

योग–सिद्धि, २० घडी ५५ पला, दिउँसो ०३ बजेर १४ मिनेट उप्रान्त व्यातिपात । करण– वणिज, बेलुकी ०६ बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग ।चन्द्रराशि–कुम्भ, बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिश्रम गरेअनुसार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाइसँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनसक्छ खानपानमा ध्यान दिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुपर्ने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । गीत सङ्गीत क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनीक काम समयमा सम्पादन गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन जानेछ भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनेछ । अग्रज तथा दिदिबहिनीबाट तपाईंको हरेक काममा सहयोग प्राप्त हुनेछ । खोजीमुलक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्दतिको खिलाफ लाग्नेहरुकाविरुद्ध आवाज बुलन्द गर्नुपर्ने हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोगमार्फत् भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाइ– लेखाइ, प्रगती पथमा अगाडी बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाइनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तिय क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगती गरी तपाईंलाई सम्झनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछी पर्नु हुनेछ । छातीमा सम्बन्धि सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईंकै जीत हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमण तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पत्ति हात लाग्ने योग रहेको छ । माया–प्रेममा विश्वासको वातावरण बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति –पत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।