चैत्र ३०, २०८० शुक्रबार

संवैधानिक निकायमा सिफारिस ४५ मध्ये ९ जना महिला (को कहाँ ? सूचीसहित)



काठमाडाैं । संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक निकायका पदाधिकारीका लागि ९ जना महिला सिफारिस गरेको छ ।

संवैधानिक निकायमा रिक्त रहेका पदमा आइतबार सिफारिस गरेका ४५ जना मध्ये ९ जना महिला सिफारिस भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थितीमा बसेकाे  संवैधानिक परिषद्को बैठकले उनीहरूलाई नियुक्तिका लागि सिफारिस गरेका हो ।

यो पनि पढ्नुहोस् : राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल र विद्या सिन्हा

यसरी सिफारिस हुनेहरुमा राष्ट्रिय महिला आयोगमा अध्यक्ष कमलाकुमारी पराजुली, सदस्यहरु कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा छन् । निर्वाचन आयोगको आयुक्तमा डा.जानकी तुलाधर र लिली बस्नेत थापा सिफारिस भएका छन् ।

त्यस्तै दलित आयोगमा मिना सोभ, जनजाती आयोगमा रिना राना, मधेसी आयोगमा रेणुदेवी शाह र थारु आयेगमा बविता चौधरी सिफारिस भएका छन् ।

तर संबैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा भने कुनैपनि महिला पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छैन ।