चैत्र १६, २०८० शुक्रबार

दुई महिला सहित ९ जना थपेर मन्त्रिपरिषद विस्तार, ६ मन्त्रीको जिम्मेवारी हेरफेर, २ जना हटाइए 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ जना महिलासहित ९ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका छन् ।

८ मन्त्री र १ जना राज्यमन्त्री थप गरेका प्रधानमन्त्री ओलीले ६ मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ जना राज्यमन्त्रीलाई हटाएका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा जुली कुमारी महतो महिला बालबालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेका छन् ।त्यस्तै टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणिचन्द्र थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आलेले वन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसैबिच नवमन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ।हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।