बैशाख १, २०८१ शनिबार

संघीयता खारेजी र कार्यकारी राष्ट्रपतिको पक्षमा नेतृ पाल



प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा देखिएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ निरुदेवी पालले संघीयता खारेज गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव गरेकी छिन् ।

पालले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो व्यवस्था कायम गरे उनी सधैँ नेपालीको मन मष्तिष्कमा बस्ने दावी गरेकी छिन् ।

निवर्तमान सांसद समेत रहेकी उनले भनेकी छिन्, ‘सम्माननिय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्, नेपाली जनताको मनमस्तिष्कमा सधैँ बस्नुहुनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेर आलोचना भइरहेको बेला नेकपाकै नेतृले यस्तो धारणा राखेकी हु्न् ।