बैशाख १४, २०८१ शुक्रबार

नेपालमा आकाशीयो सुनको भाउ, झण्डै १ लाख नजिक



नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार सुनकाे भाउ बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।