बैशाख ४, २०८१ मंगलबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा महिलाको नेतृत्व, जरिन दारुवाला अध्यक्षमा नियुक्त



काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिको अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छिन्।

बैंकको ४०७ औँ सञ्चालक समितिको बैठकले जरिनलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

यसअघि बैंकको सञ्चालक समितिको अध्यक्षमा जितेन्दर अरोरा थिए।

बैंकको प्रमुख शेयरधनीमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डियाजको ४६.८१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेको २३।४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकको सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा उनिहरुको प्रतिनिधि हुने गरेका छन्। साथै बैंकको सञ्चालक समितिको अध्यक्षमा पनि उनिहरूकै प्रतिनिधि रहने गरेको छ।

भारतको आईसीआईसीआई बैंकबाट करियर सुरु गरेकी दारुवालले बैंकिङ क्षेत्रमा उनको ३१ वर्षको अनुभव सँगालेकी छन् ।

उनी स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियाको प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेकी छिन् ।