बैशाख १२, २०८१ बुधबार

लोक सेवा तयारी : संवैधानिक परिषद् र कानून



१. नेपालको संविधानबमोजिम संवैधानिक परिषद्को गठन विधि उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा २८४ मा नेपालको प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू नियुक्तिको सिफारिस गर्नका लागि संवैधानिक परिषद्को गठन विधिसम्बन्धी व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

(क) प्रधानमन्त्री –अध्यक्ष
(ख) प्रधानन्यायाधीश –सदस्य
(ग) प्रतिनिधिसभाको सभामुख –सदस्य
(घ) राष्ट्रियसभाको अध्यक्ष –सदस्य
(ङ) प्रतिनिधिसभाको विपक्षी दलको नेता –सदस्य
(च) प्रतिनिधिसभाको उपसभामुख –सदस्य,

-प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने,
-मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने,
-पद रिक्त हुनुभन्दा एक महिनाअगावै, मृत्यु वा राजीनामामा रिक्त भएको एक महिनाभित्र सिफारिस गर्ने ।

२. कानुनको अर्थ र महत्वमाथि प्रकाश पार्नुहोस् ।

मानवीय व्यवहार एवम् आचरणलाई व्यवस्थित गर्न राज्यद्वारा लागू गरिएको सार्वभौम मान्यतालाई कानुन भनिन्छ ।
-कानुन नियमहरूको समष्टिगत रूप हो, जसले मुलुकको सम्पूर्ण क्षेत्रलाई व्यवस्थित गर्छ ।
-कानुनअन्तर्गत संविधान, ऐन, नियम, विनियम, आदेश, निर्देशन, परिपत्र आदि पर्छन् ।
-कानुन मूलतः व्यवस्थापिकाले निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र न्यायपालिकाले व्याख्या गर्छ ।

कानुनको महत्व
कानुनले मुलुकको सम्पूर्ण क्षेत्रलाई समेट्ने हुँदा कानुनको महŒव बहुआयामिक एवम् बहुपक्षीय हुन्छ । यसको महŒवलाई निम्नअनुसार प्रकाश पार्न सकिन्छ :–

-समाजमा शान्ति सुरक्षा एवम् न्याय कायम गर्न,
-मानवीय व्यवहार एवम् आचरणलाई व्यवस्थित गर्न,
-समाजमा परिवर्तन ल्याउन,
-समाजमा समानता कायम गर्न,
-आर्थिक असमानता हटाउन,
-वितरणको न्यायिक व्यवस्था गर्न,
-अर्थतन्त्रमा सीमित व्यक्तिको पहुँच अन्त्य गर्न,
-मुलुकको रक्षा प्रतिरक्षा गर्न,
-जनताका हकहरू सुनिश्चित गर्न ।