चैत्र १५, २०८० बिहीबार

२ वर्षभित्र विहे गर्ने भनेकी वर्षा शिवाकोटीको ‘ब्रेकअप’, अप्ठेरो परेका बेला धोका दिइन् : सविन



काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटीकाे प्रेममा ब्रेकअप भएकाे छ । उनले प्रेमी भनेर चिनाएका अमेरिका निवासी सबिनजंग थापाले वर्षाले आफूलाई धोका दिएकोलेआफूहरुको प्रेम सम्बन्धमा ब्रेकअप भएकाे कुरा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सविनले आफूहरु १७ महिनादेखि प्रेम सम्बन्धमा रहेको भएपनि अहिले वर्षाले आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको र प्रेम सम्बन्धमा ब्रेकअप भएको जानकारी दिएका हुन् । ब्रेकअप भएको भनिएका प्रेमीले गुनासो छताछुल्ल पारेपछि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा चलेको छ ।

‘ठीकै छ, मैले जतिबेला संघर्ष गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ सविनले इन्स्टाग्राममा लेखेका छन् । १७ महिना अघि भर्चुअल कुराकानी गहिरो हुँदै गएपछि गतबर्ष वर्षा सविनलाई भेट्न अमेरिका गएकी थिइन् ।

अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुबीच कुराकानी हुँदै गयो र कुराकानीका क्रममा एक अर्कासँग नजिक भएर मायाको अनुभुति भएको उनले बताएकी थिइन् ।

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । उनले २ वर्षभित्र विहे गर्ने समेत बताएकी थिइन् । अमेरिका गएकाे बेला वर्षाले सामाजिक सञ्जालमा फोटो राख्दै आफूहरु प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । वर्षाले धोका दिएपछि आफू डराउन थालेको उनको भनाइ छ । ‘मलाई अगाडि बढ्न डर लाग्यो, म सास फेर्न डराउँछु’, उनले लेखेका छन् ।

उनले वर्षाका कारण आफ्नो प्रेम प्रतिको दृष्टिकोण पनि विग्रेको बताएका छन् । ‘सबै चीजको आफ्नै सीमा हुन्छ, तर म आफ्नो ब्याकुलता अब नियन्त्रण गर्न सक्दिन’, उनले व्यङ्गय गर्दै लेखेका छन्, ‘म जस्तो मानिसहरु, तिमिजस्तो ईमान्दार, साँचो मनसाय र शुद्ध आत्मालाई चोट पु¥याउन र अपमान गर्न उक्दैनन् ।’

यता नेपालमा रहेकी अभिनेतृ वर्षा शिवाकोटीले भने आफ्ना प्रेमी सविनजंग थापाले मिडियामा छाउनका लागि आफूमाथि गलत आरोप लगाएको प्रतिकृया दिएकी छिन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए ।