चैत्र १६, २०८० शुक्रबार

राशिफल अनुसार शुक्रबार कस्तो छ तपाइँको प्रभाव



वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार । इस्वी सन् २०२१ फेब्रुअरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–सप्तमी, ०६ घडी २६ पला, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त अष्टमी ।

नक्षत्र–कृतिका, ४६ घडी ०६ पला, रातको ०४ बजेर १९ मिनेट उप्रान्त रोहिणी । योग–ऐन्द्र, ५१ घडी ३२ पला, रातको ०३ बजेर १७ मिनेट उप्रान्त वैधृति । करण–वणिज, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष, बिहान ०८ बजेर २४ मिनेट उप्रान्त वृष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी ११ पला । अचला सप्तमी । प्रजातन्त्र दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईंको कामदेखि खुशी हुनेछन् ।

पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट न्यून आम्दानी हुनेछ । लामो दूरीको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । विद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केही खराबी हुन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकाले पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत् प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) आम्दानीको तुलनामा खर्च कम हुनेहुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पत्ति परिचालनका माध्यमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) कानुनसम्मत गरिने कुनै पनि काम सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेहुँदा मानसम्मानमा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होइनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रसङ्गमा सामीप्यता बढेर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समयदेखि रोकिएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइलेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । बिहानको समय मध्यम रहेकाले आफन्त तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना हुन सक्छ, ध्यान दिनुहोला । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घरपरिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला । बिहानको समय राम्रो रहेकाले व्यापारमा लगानी गरी लाभ लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) टिम परिचालन गरी व्यावसाय विस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्य फाइदा हुने योग रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवन साथीको सहयोगले महत्त्वपूर्ण काम समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा शत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनुपर्नेछ । बौद्धिक व्याक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदमअघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकाले व्यापारमा लगानी गरी मनग्य धन आर्जन गर्न सकिनेछ । विद्यार्थीका लागि पढ्ने लेख्ने वातावरण बनेर आउनेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) पुराना समस्यालाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसर सिर्जना गरेर मनग्य आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ ।