बैशाख ८, २०८१ शनिबार

पत्नीका लागि कति सम्म त्याग गर्थे महात्मा गान्धी



काठमाडौँ- अहिंसाका पूजारी महात्मा गान्धीकी पत्नीलाई रक्तश्रावको समस्या थियो । त्यसको निदानका लागि धेरै औषधि गर्दा पनि ठीक भएन ।

गान्धीले आफ्नी पत्नीलाई नुन दाल नखान कर गरे, तर पत्नीले मानिन् ।अति भएपछि पत्नीले भनिन्— ‘तपाईं पनि कसैले दाल र नून छाड भन्यो भने छाड्न सक्नुहुन्छ रु’

‘अवश्य सक्छु । तिम्रा लागि म आजैदेखि एक वर्षसम्म दाल र नुन खानेछैन ।’गान्धीको कुरा सुनेर पत्नीलाई ज्यादै दुःख लाग्यो र भनिन्— ‘म आजैदेखि दाल र नुन छोड्छु । कृपया आफ्नो वचन फिर्ता लिनुहोस् ।’

गान्धीले दृढ स्वरमा भने— ‘तिमीले छोड्यौ भने तिम्रा लागि राम्रो हुनेछ, तर मेरो वचन भङ्ग हुन सक्तैन ।’