बैशाख १, २०८१ शनिबार

कक्षा १२ को परीक्षा तयारीमा अभिनेत्री करिश्मा



समाजसेवा, ब्यवसायमा सक्रिय अभिनेत्री करिश्मा मानन्धर १२ को परीक्षा तयारीमा लागेकी छन् । भदौ ३० देखि परीक्षा शुरू हुने भएकोले केही समयको सबै काम छोडेर उनी पठनपाठनमा लागेकी हुन।
करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सुरु गरेकी छन् । रिसिक ट्रेडिङ कन्ट्रक्सन प्रालिमार्फत उनी इन्टेक्स ब्राण्डका सामानका लागि नेपालको आधिकारिक बिक्रेता बनेकी हुन् ।

केही दिन अगाडि व्यवसाय घोषणा कार्यक्रममा करिश्माले विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तरीय र भरपर्दो रहेको यहि व्यवसाय रोजेको बताएकी थिइन् । केही अगाडि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा जुटेकी हुन् । करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्नेछन् । ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएको छैन । अनलाइनको भर हो । त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन ।’ अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन् ।

‘२१ देखि २७ गतेसम्म घोटिएर पढ्छु । २८ र २९ गते मुन्द्रे कमेडी क्लबको पनि सुटिङ गर्नुपर्नेछ’ करिश्माले थपिन्–‘परीक्षापछि मात्र अन्यमा समय दिन्छु ।’ अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको बताएकी करिश्माले असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी नहुने मनस्थिति बनाएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ