चैत्र १५, २०८० बिहीबार

श्रीमतीलाई तह लगाउन तीन दिन श्रीमतीसँग नसुत्न मन्त्रीको सुझाव !



क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ ।

महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्न उकासेर घरेलु हिंसालाई सामान्यिकरण गरेको आरोप लागेको छ । इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई आफ्ना ‘घमन्डी’ श्रीमतीलाई उनीहरुसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् ।

श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरुसँग तीनदिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् । ‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरुलाई बिस्तारै थप्पड हानेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्’, मोदरर्स टिप्स नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् ।

पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलाहरूलाई आफ्ना पाटनरर्सको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् । ‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् । ’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्द अगाडि पहिले अनुमति लिनुहोस् ।’

महिला अधिकार समूहहरुको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिंसालाई पश्रयले दिएको आरोप लगाउदै पदबाट राजीनामा दिन माग गरेका छन् । ‘मलेसियामा अपराध मानिने घरेलु हिंसालाई सामान्यिकरण गर्ने र लैंगिक समानतविरोधी बिचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।

गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिंसाबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेकाे थियो । घरेलु हिंसाबारे बोल्दा प्रायः कलंक र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खराब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।