चैत्र १५, २०८० बिहीबार

सपनामा यस्ताे युवती देख्नुभयाे ? ज्योतिष शास्त्र यसो भन्छ !



ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त ?

नाचिरहेको युवती देखेमाः नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ ।

दुलही रुपी महिलाः जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो ।

सुनौलो कपाल भएकी महिलाः कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ ।

बुर्का लगाएकी महिलाः बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्ने संकेत गर्छ ।

स्त्रीलाई चुम्बन गरेको सपना देखेः कसैले यदि सपनामा स्त्रीलाई चुम्बन र सम्बन्ध स्थापित गरेको देख्छ भने अचानक धन प्राप्त हुने संकेत हो ।

स्त्रीले अंगालो हालेको देख्नुः सपनामा जसलाई सुन्दर महिलाले अंगालो हाल्छिन् त्यस्ता व्यक्तिहरु धनी हुनेछन् । जसले सपनामा आफ्नी प्रेमिकालाई छोड्छ उसलाई धन–सम्पत्ति प्राप्त गर्दछ ।

श्रीमतीसँग घुम्न गएको देख्दाः कोही व्यक्तिले यदि श्रीमतीसँग कतै घुम्न गएको देख्छ भने उनीहरुको दाम्पत्य जीवन सुखसँग व्यतित हुने संकेत हो ।

झुम्का लगाएकी महिला देखेमाः सपनामा कुनै युवतीले झुम्का लगाएको देखेमा कुनै शुभ समाचार सुन्न पाउने संकेत हो ।

श्रीमतीसँग टाढा भएको देखेमाः कोही व्यक्तिले आफ्नी श्रीमतीसँग टाढा भएको सपना देखेमा त्यस्ता व्यक्तिहरु चाँडै नै कुनै रोगको शिकार हुने संकेत हो ।

सुँगुरमा बसेकी महिला देखेमाः जसले सपनामा सुँगुरमा बसेकी महिला आफूतर्फ आइरहेको देख्छ भने त्यो व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ ।

रातो पहिरनकी महिलाले अंगालो हालेमाः जब कोही व्यक्तिले सपनामा रातो रंगको कपडा लगाएर अंगालो हाली माला पहिराउँछ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुनसक्छ ।

कोही यौ,नकर्मीले तानिरहेको देखेमाः यदि सपनामा कुनै यौनकर्मीले तानिरहेकी देख्नुहुन्छ भने उसले आफ्नो जीवनमा अनेक कष्ट भोग्नुपर्ने हुनसक्छ ।

बिरालो सुतिरहेको देखेमाः यदि कोही अविवाहित युवतीले कुर्सीमा बिरालो सुतिरहेकी देख्छिन् भने उनको विवाह कुनै धनी युवकसँग हुनेछ ।