चैत्र १५, २०८० बिहीबार

मेराे लागि पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !



काठमाडौं । पहिलो पटक यौन सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।

यौन सम्पर्क गर्न हतार नगरौं : तपाई  यौन सम्पर्कलाई लिएर हड्बडी वा आतुर हुनुहुन्छ भने यो तपाईंको विकृत मानसिकता भनेर बुझ्न सकिन्छ । लामो समयसम्म सेक्सका लागि कुनै पहल वा तत्पराता देखाउन सक्नुभएन भने पनि तपाई लजालु मानिसका रुपमा चित्रित हुन सक्नुहुन्छ । यसकारण यौन सम्बन्धका लागि उपयुक्त समयमा उपयुक्त कदम चालेमा सम्बन्ध दिगो र आनन्ददायी हुने अध्ययनले देखाएको छ ।

२ देखि ६ महिना सम्मको प्रतिक्षा  :  सो सर्वेमा एक हजार अमेरिकन तथा यूरोयीन दम्पती सहभागी भएका थिए । जसमध्ये २१ प्रतिशत सहभागिले पहिलो पटक पाटर्नरसँग यौन सम्पर्कको लागि २ देखि ६ महिनासम्मको समय लागेको बताएका थिए ।

प्रतिक्षाको पीडा : विज्ञहरूका अनुसार यौन सम्पर्कका लागि प्रतिक्षा गर्नुको पीडा र दबाबले दम्पतीमा धेरैहदसम्म असर गरिरहेको हुन्छ । किनभने एउटाका लागि सही मानिएको निर्णय अर्कोको लागि सही नहुन सक्छ ।

यौन सम्पर्कका लागि आर्दश समय  : विज्ञहरूका अनुसार यौनसम्पर्क दुवै जनाको पूर्ण फैसलामा निर्भर रहने गर्छ । तर, शारीरिक सम्बन्ध बनाउनु भन्दा पहिला महिला र पुरुष दुबैले केही समय लिएर एक अर्कालाई बुझेर मात्र सम्बन्ध बनाए राम्रो मानिन्छ । तर यो पनि सबैको हकमा लागू नहुन सक्छ । कसै कसैमा प्रतिक्षाको समयले झन उल्टो असर गर्ने पनि हुन सक्छ ।