चैत्र १६, २०८० शुक्रबार

मेराे श्रीमान किन यौन सम्पर्क गर्ने बितिकै किन निदाउँछन्



एजेन्सी । महिला र पुरुषबीच शारीरिक सम्बन्ध भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउँने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ।

शारीरिक सम्बन्ध राख्ने वित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउँने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउँने पुरुष साँच्चै स्वार्थी हुन्छन् त रु किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ रु सामान्यतयाः रातको समयमा शारीरिक सम्बन्ध राख्ने गरिन्छ।

रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । शारीरिक सम्बन्ध राख्ने वित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, शारीरिक सम्बन्ध प्राकृतिक प्रक्रिया हो । शारीरिक सम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु शारीरिक सम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन्।

पुरुष अग्रानिज्म भने शारीरिक सम्बन्ध पछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै शारीरिक सम्बन्धको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउँने विभिन्न अनुसन्धानमा उल्लेख छ।

तर महिलाहरु शारीरिक सम्बन्ध पछि के चाहान्छिन् त – शारीरिक सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । प्रायः महिलाहरू आफ्नो पार्टनरसँग मात्र शारीरिक सम्बन्ध राख्न रुचाउँछन् । शारीरिक सम्बन्धले महिला र पुरुषबीचको सम्बन्धलाई पनि मजबुत बनाउँछ भनिन्छ, तर कतिपयको भने शारीरिक सम्बन्ध पछिको सम्बन्धमा विचलन भएको पनि पाइन्छ।