चैत्र १६, २०८० शुक्रबार

ओरल सेक्स गर्नुहुन्छ ? निकाे नहुने यस्ता राेग लाग्न सक्छ



काठमाडौं । पछिल्लो पुस्ता माझ ओरल सेक्स (मुख मैथुन)ले प्राथमिकता पाउँदै गएको छ । तर यसले विभिन्न रोग तथा संक्रमणको जोखिम बढाउने गर्दछ ।

ओरल सेक्सले खतरनाक गोनोरिया पैदा गर्दछ । डब्लूएचओ अनुसार गोनोरियाको उपचार कठिन हुने र कतिपय अवस्थामा असम्भव हुनसक्छ ।

गोनोरियाबाट गुप्ताङ्ग, गुद्वार र गलामा संक्रमण हुनसक्छ । यसको असर दिनानुदिन बढ्ने गर्दछ । एन्टिबायोटिक्स गलामा जिवाणुलाई जन्म दिने गर्दछ र यसमा गोनोरियासँग जोडिएका केही कुरामा पनि समावेश हुन्छन् ।

ओरल सेक्समार्फत हुने गोनोरिया जिवाणुको हमला कडा किसिमले फैलन सक्छ । यो रोग जिवाणु जनित हो जसलाई नाइसिरिया गोनोरिआ भनिन्छ । यो संक्रमण असुरक्षित भजाइनल, एनल र ओरलसेक्समार्फत फैलने गर्दछ ।

यसको लक्षण पहिचान गर्न सजिलो छैन । तर यसको लक्षणमा यौनाङ्गबाट हरियो र पहेंलो पदार्थ निस्कने पर्दछ । यसका साथै पिसाब गर्ने बेला पीडा र महिनावारी हुँदाको रगतबाट यो रोगको पहिचान हुने गर्दछ । यस्तो प्रकारको इन्फेक्सन जसको उपचार सम्भव छैन त्यसबाट प्रजनन क्षमतामा सिधा असर पर्ने गर्दछ ।