बैशाख १३, २०८१ बिहीबार

सेल्फि धेरै लिनुहुन्छ ? ख्याल गर्नुहाेस यस्ताे समस्या हुन्छ



एजेन्सी । स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गइरहेको छ ।

बच्चादेखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन् । सेल्फी लभर्सहरू जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् । मानिस हरेक वर्ष औसतमा चार सय ५० वटा सेल्फी लिइरहेका हुन्छन् । तर, यस्तो गर्दा फोटोमा अनुहार बिग्रन सक्ने अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरको अनुसन्धान अनुसार सेल्फीले अनुहार बिगारिदिन्छ जसकारण नाक सामान्य तस्बिरको तुलनामा लामो र मोटो देखिने हुन्छ।

सेल्फीले अनुहारलाई कसरी प्रभावित गर्छ भनेर जान्नका लागि अनुसन्धानमा ३० सहभागीलाई समावेश गरिएको थियो । सहभागीलाई तीनवाट सेल्फी खिच्न लगाइएको थियो । तीनमध्ये दुई सेल्फी १२ र १८ इन्चको दूरीमा फ्रन्ट क्यामेराले र एउटा सेल्फी ५ फिटको दूरीमा डिजिटल क्यामेराबाट खिचिएको थियो।

डिजिटल क्यामेराबाट लिइएको सेल्फीको तुलनामा १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा नाक ६ दशमलव चार प्रतिशत र १८ इन्चको दूरीबाट खिचिएको सेल्फीमा चार दशलमव तीन प्रतिशत नाक लामो देखियो।

त्यस्तै, १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा चिउँडोको लम्बाइ पनि औसत १२ प्रतिशत कम पाइयो नाक र चिउँडोको लम्बाइको अनुपातमा १७ प्रतिशतको वृद्धि भएको थियो।

सेल्फीको लोकप्रियता बढेसँगै राइनोप्लास्टी (नाकको शल्यक्रिया) गराउनेको सङ्ख्या पनि बढेको छ । सेल्फी र राइनोप्लास्टीबीच विशेष सम्बन्ध छ।

सेल्फीमा अनुहार खराब देखिँदा मानिसहरू शल्यक्रिया गराउँन जाने गरेको अध्ययनकर्ता डाक्टर बर्दिया अमिरलाक बताउँछन् ।  सेल्फीमा नुहार खराब देखिँदा मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ।