बैशाख ६, २०८१ बिहीबार

हट भएको भन्दै यि महिलालाइ शपिङ मलबाट निकालियो



काठमाडौं । एक वयस्क मोडलले आफू धेरै ‘हट’ भएको कारणले सुपरमार्केटबाट निकालिएको दाबी गरेकी छन् । मोडलले यो पनि दाबी गरिन् कि सुपरमार्केट कर्मचारीले उनलाई ‘तिमीले जुन वेबसाइटको लागि काम गर्छौ त्यो लाजमर्दो छ’ समेत भने ।

ब्राजिलकी प्रसिद्ध कन्टेन्ट क्रिएटर इरा फरेरालाई अमेरिकाको मियामीको एक सुपरमार्केटमा लाजमर्दो अवस्थाको सामना गर्नुपर्‍यो, जब इरालाई सुपरमार्केट छोड्न भनियो। उनलाई सुपरमार्केटमा काम गर्ने एक कर्मचारीले पहिचान गरेका थिए, कर्मचारी पनि ब्राजिलका निवासी थिए।

डेलीस्टारका अनुसार ‘हट’ महशुस भएका कारण आफूलाई यस्तो गरेको इराले बताइन् । साथै उनले यो पनि आरोप लगाएकी छिन् कि यी कर्मचारीले आफूले काम गरेको वेबसाइट निकै लाजमर्दो भएको बताए । कर्मचारीले उनलाई चिच्याएर बाहिर निकाले । इराले आफ्नो लुक गलत नभएको बताइन्, उनले ब्राजिलमा दिनहुँ लगाउने कपडा नै लगाएकी थिइन् ।

इराले सुपरमार्केटको नाम नराखेपनि आफूसँग यो सबै हुँदा आफू एक्लै भएको बताइन्। इराले यसअघि पनि थोङ्ग स्विमसुट लगाएका कारण केही महिलाले आफूलाई अपमानित गरेको बताइन् । यी महिलाले इरालाई आफ्नो नग्न तस्बिर बेच्ने तिमी मात्रै भएको बताएका थिए ।