चैत्र १५, २०८० बिहीबार

एम्बर हर्डलाई एडल्ट फिल्म खेल्न एक अर्ब पारिश्रमिक प्रस्ताव



काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्डले पछिल्ला केही महिनायता कठिन अवस्थाको सामना गरिरहेकी छन् । पूर्वपति जोनी डेपसँग मुद्दा हारेपछि पनि उनी प्रशंसकको आलोचनाको सिकार हुनुपर्‍यो ।

यतिबेला अभिनेत्री हर्डलाई पैसाको जरुरत छ । अभिनेता डेपसँग मुद्दा हारेपछि अदालतले उनलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

यद्यपि, अदालती आदेशप्रति निराश हुँदै हर्डले पुनरावलोकन अपील दायर गरेकी छन् । तर क्षतिपूर्ति तिर्ने आफ्नो आदेशलाई अदालतले उल्टाउने सम्भावना निकै कम छ ।

यी संकटबीच एक एडल्ट वेबसाइटले अभिनेत्री हर्डलाई पोर्न फिल्म खेल्न प्रस्ताव गरेको छ । तुरुन्त पारिश्रमिक दिने वचन पनि उसले दिएको छ । महिलाको नेतृत्व रहेको एडल्ट कम्पनी जेन मोडल्सले हर्डलाई एक्स–रेटेड फिल्मको मुख्य भूमिकामा प्रस्ताव गरेको हो ।

हलिउड सञ्चारमाध्यमका अनुसार यो कुराको खुलासा आरएव वेबसाइटकी अध्यक्ष भेरोनिका म्याडजेरियनले हर्डका वकिल एलेन ब्रेडहोफ्टलाई लेखेको पत्रमार्फत भएको हो । फिल्ममा खेलेबापत १ अर्ब २८ करोड रुपैयाँ बराबरको पारिश्रमिक दिने कुरा त्यसमा उल्लेख छ ।

यसअघि दुबईमा रहेका फ्यानले हर्डसँग विवाह प्रस्ताव राखेका थिए । प्रस्ताव स्वीकारे आफूले सबै रकम तिरिदिने वचन उनले दिएका थिए ।

यसैबीच, एम्बर हर्डले जोनी डेपसँग विवाह गर्नुअघि सेक्स पार्टी आयोजना गरेको खुलासा भएको छ । अहिले हलिउड मिडियामा भाइरल भएको पार्टीको तस्वीरमा धनाढ्य एलन मस्क पनि देखिएका छन् । यो तस्वीर सार्वजनिक गर्ने एक महिलालाई हर्ड र मस्कले कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन् ।