चैत्र १६, २०८० शुक्रबार

माओवादीको २१ पदाधिकारीमा एकमात्र महिला, भावि अध्यक्षको लाइनमा भुसाल



नेकपा माओवादी केन्द्रको उपमहासचिवमा नेतृ पम्फा भुसाल चयन भएकी छन् । भुसाल केन्द्रीय समितिका २१ पदाधिकारीमध्ये एक मात्र महिला हुन् ।

उर्जामन्त्री समेत रहेकी भुसाल नेपालको इतिहासमा पहिलो महिला पार्टी अध्यक्ष हुन् । उनी ०५० सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बनेकी थिइन् ।

त्यसपछि माओवादीले जनयुद्ध शुरु गर्नुभन्दा अगाडि २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बनेकी थिइन् । पहिलो संविधानसभा सदस्यमा ललितपुर ३ बाट विजयी भुसाल अहिलेपनि प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।

पार्टी उपमहासचिव भएसँगै माओवादी केन्द्रमा भावी पार्टी अध्यक्षको पहिलो दावेदार महिलाका रुपमा भुसाललाई हेरिएको छ ।

विक्रम संवत २०१९ साल साउनमा अर्घाखाँची किमडाडा आँपखोलामा जन्मेकी भुसाल २०३३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।