बैशाख ८, २०८१ शनिबार

गुल्मीमा एक महिला पानीको कूलोमा मृत भेटिइन्



गुल्मी- गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको इस्मा गाउ“पालिका वडा नं २ सामाचौर निवासी माया खत्री शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विहिबार सा“झ राम्रोसंग खाना खाएर सुतेकी खत्री अर्को दिन विहान छल्दी पनाहबाट भालुखोला सामाचौर हुदै भलातारी तर्फ बग्ने कुलोमा डुविरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।