बैशाख १५, २०८१ शनिबार

‘ओशो सन्यासी’ अभिनेत्री नम्रता सापकाेटा बनिन् योग शिक्षक



काठमाडौं । ओशो सन्यासी बनेकी अभिनेत्री नम्रता सापकोटा योग शिक्षक बनेकी छन् । नम्रताले भारतको केरलास्थित शिवानन्द धन्वन्तरी आश्रमबाट योग शिक्षकको रुपमा स्नातक ग्राजुएसन उत्तीर्ण गरेकी हुन् ।

डेढ वर्षदेखि ओशो सन्यासी बनेकी नम्रताको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।
‘अन्तराल’ डेब्यु नम्रता ‘छक्कापञ्जा’की समेत अभिनेत्री हुन् । सामाजिक सञ्जालबाट उनले भारतको गोवास्थित समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो सार्वजनिक गरेकी हुन् ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् ।

कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनको पछिल्लो रिलिज भएको फिल्म ‘डेसान’ थियो ।