बैशाख १६, २०८१ आईतबार

नागरिक उन्मुक्ति पार्टीका २५ पदाधिकारीमा ५ जना महिला



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । पार्टीको पहिलो महाधिवेशनले शुक्रबार घोषणा गरेका २५ सदस्यीय पदाधिकारीमा ५ जना महिला छन् ।

महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ । महिलातर्फ उपाध्यक्ष (कोशी प्रदेश) मा ईन्द्रकुमारी लिम्बु, सहमहासचिवमा प्रेमवती राना, सहसचिवमा पुष्पलता रेग्मी अधिकारी र करिष्मा कठरिया र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।

महाधिवेशनले सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन गर्दा दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लगएको छैन ।

महासचिव र दुई उपाध्यक्षमा सहमति हुन नसकेपछि २५ पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । महासचिव र दुई उपाध्यक्षमा भने सहमतिको प्रायशः भइरहेको जनाइएको छ ।