बैशाख ११, २०८१ मंगलबार

भक्तपुरकी शारदा राजबाहकले जितिन् भाटभटेनीको ‘मेगा कार्निभल’बाट टिगोर कार



काठमाडौं । भक्तपुरकी शारदा राजबाहक भाटभटेनी ‘मेगा कार्निभल’ को विजेता बनेकी छिन् । विजेता बनेसँगै उनले टाटाको टिगोर कार जितेकी छिन् । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘मेगा कार्निभल’ अफर सञ्चालन गरेको थियो ।

शुक्रबार नक्सालस्थित भाटभटेनीमा आयोजित ‘लक्की ड्र’ मा काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, मिस नेपाल श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धी शाहले मध्यपुर थिमिकी राजबाहकलाई विजेता घोषणा गरेका हुन् ।

भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर २८ असोजदेखि १५ पुससम्म ‘मेगा कार्निभल’ अफर सञ्चालन गरेको थियो । यो अफरमा १८ लाख ६१ हजार ९३८ ग्राहकलाई समावेश गरिएको थियो ।

कार्निभलमा भाटभटेनी सुपर स्टोरबाट २ हजार ५०० रुपैयाँ भन्दा माथि मूल्यका सामान किनेर भौचर भर्ने ग्राहकहरु समावेश भएका थिए ।

टिगोर कार जितेकी शारदाले भाटभटेनीले चिठ्ठा दिएको भन्दै फोन मार्फत नै खुशी व्यक्त गरेकी थिइन् । ‘मेरो त बोली नै बन्दभयो, यति धेरै खुशी भएको छु अब कार लिएर चितवन घुम्न जाने हो,’ उनले सुनाएकी थिइन् ।

यस्तै अफर अन्तर्गत तीन जनाले इलेक्ट्रिक स्कुटर र ४ जनाले वासिङ मेसिन जितेका छन् । सुमित तामाङ, अजय रौनियार र मिक्नु सत्यालले इलेक्ट्रिक स्कुटर जितेका छन् ।

भाटभटेनीबाट लुगाधुने पाउडर (सरफ) खरिद गर्नेमध्ये विष्णुमाया खड्का, सक्षम मगर, ज्योति प्रजापति र सोवित थापाले वासिङ मेसिन लक्की पाएका छन् । लक्की ड्र कार्यक्रममा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।