चैत्र १५, २०८० बिहीबार

रीयाेमा निशाकाे यात्रा



जारी रियो ओलम्पिकमा तेक्वान्दो तर्फ नेपालकी निशा रावलको यात्रा सहभागितामा नै सिमित बन्यो। चीनकी सुयाङ झेङसंग दुई शुन्यले पराजित हुदै निशाको रियो यात्रा समाप्त भएको हो।

रियो दी जेनेरियास्थित ओलम्पिक पार्कको कोरोना एरिना तीनमा भएको प्रतिस्र्धामा विश्व च्याम्पिनय झेङ विरुद्ध निशाले पहिलो राउन्डमा राम्रो खेलेकी थिइन्। डिफेन्सिभ खेल खेलेकी निशाले दोस्रो राउन्डमा भने आफुलाई जोगाउन सकिनन्। उनले दोस्रो राउन्डमा दुई अंक गुमाइन। विपक्षीलाई आक्रमण नगरेको भन्दै दुई पटक वार्निङ पाएपछि निशाले एक अंक गुमाएकी थिइन्।

यस्तै झेङले एक अंक आक्रमणबाट पाइन । दुई पटक वार्निग पाएबाफत एक अंक गुमाएकी निशाले तेस्रो राउन्डमा पनि एक पटक वार्निङ पाएकी थिइन्। तर तेस्रो राउन्डमा झेङको आक्रमणलाई रोक्न सफल भएकी निशाले थप अंक गुमाइनन् । तर पनि तीन पटककी विश्व च्याम्पियन तथा ओलम्पिक स्वर्ण पदकको दावेदार झेङ विरुद्ध राम्रो खेल्न नसक्दा पहिलो चरणबाट बाहिरीइन्।