चैत्र १६, २०८० शुक्रबार

नेपालकी मिरा राई नेशनल जियोग्राफी अवार्डको मनोनयनमा



mira-rai१९ कार्तिक , काठमाडौ– नेपाली उल्ट्रा धाविका मिरा राई नेशनल जियोग्राफीले  सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न सफल भएकी छन्।

नेशनल जियोग्राफीले गत वर्ष एड्भेन्चर्स खेलको प्रर्बधन तथा विकासमा  उल्लेखनीय योगदान गरेको भन्दै १० जनाको नाम सार्वजनीक गर्दा मिरा पनि मनोनयनमा पर्न सफल भएकी हुन् ।

यसका लागि अनलाइन भोटिङ भने डिसेम्बर १६ बाट सुरु हुने बताइएको छ । यसकालागी अनलाइन प्रयोगकर्ताले आफुले मनपरेका खेलाडी वा टिमलाई दैनिक रुपमा www.nationalgeographic.com/adventure/adventurers-of-the-year.html गई भोट गर्न सक्ने छन्। अनलाइन भोटिङका आधारमा सन् २०१७ को जनावरीमा पिपुल्स च्वाइस अवार्डको विजेताको नाम घोषणा गरिने बताइएको छ ।

द्धन्द्धकालमा माओबादी दस्रो डिभिजनमा जनमुत्ती सेना रहि सकेकी भाजपुर सानो दुम्जाकी २५ वर्षीया राईले शान्ती सम्झौतापछि अयोग्य भएपछी एथ्लेटिक्समा लागेकी थिइन्। मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिएकी थिइन् । उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको हो । गत सेप्टेम्वरमा उनले इटलीको एक प्रतियोगितामा भाग लिएकी थिइन् । हङकङ र फ्रान्समा जितेको अन्तराष्ट्रिय अल्ट्रा अवार्डले एक ‘अयोग्य छापामार’ लाई योग्य धाविकाको रुपमा चर्चाको शिखरमा पु¥यो । उनले पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेकि थिइन् ।

नेशनल जियोग्राफीको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न सफल राईले नागरीक न्युजसंग कुरा गर्दै भनिन् ‘ यो मनोनयमा पर्नु मेरो लागी मात्र नभई सम्पुर्ण नेपाली तथा अल्ट्रा खेलको लागि पनि एउटा ठुलो र उल्लेख्नीय उपलब्घी हो, त्यसैले म सबैलाई मेरा लागि भोट गर्न आग्रह गर्दछु ।

यस विधामा  मिरासंगै दि होक्ल्युज टिम, सानोन स्विटजर स्वानसन, एन्टोनी गिरार्ड, असिमा  श्रियैसी, कोलीन हाली, सिमिट ली , पिटर म्याक ब्राइड र कभिन फिर्डाको , र्किर्जिस्तोलोफ स्टरन्वास्की तथा क्रिस्टिाइन म्याकडिभिट तोम्कीन्स रहेका छन्।