बैशाख ११, २०८१ मंगलबार

कसैको प्रेममा परेकी छैन, तर मन मिल्ने कोही आए भन्न सकिन्न



सभाषद हुँदा अरु खुसी भए, म रोएँ

kamalaगगनशिला खड्का
१६ पुस, काठमाडौं- गहुँगोरो वर्ण, सफा सुग्घर लवाई, एकदम लजाउने, सोझी, ईमान्दार छात्रा । त्यतिबेला त केटी मान्छेको ३२ लक्षण नै मानिन्थ्यो । रुपले राम्री, व्यवहारमा सफा सुग्घर, हेर्दा उनीभन्दा राम्रो विद्यालयमा कोही थिएन । उनी पानी पिउन जान लागेको थाहा पाउनेवित्तीकै विद्यालयका परीचर उनका पछिपछि जान्थे, आफैले गाग्रोको पानी सारेर अलग्गै उनलाई राखिदिन्थे अनि उनी धित मरुञ्जेल पानी पनि नपिई फर्कन्थिन । ‘गाउँमा काम गर्दै पढ्दै गर्ने अवस्था थियो उ बेला, हामी एक डेढ घण्टाको बाटो हिँडेर स्कूल जान्थ्यौँ मावि पढ्दा’ उनी सम्झन्छिन ‘उनीहरुक%