>

बैशाख २, २०७८ बिहीबार

पोलिटिक्स इज नट फर यू मामु



karishma-manandhar-mmकाठमाडाैं – आफ्नी श्रीमति एउटा चर्चित अभिनेत्री थिईन् । कलाकार नेपाली मिडियाका खुराकी नै भए, त्यसैले फिल्मका समाचार आउनु असामान्य थिएन तर चलचित्र निर्देशक विनोद श्रेष्ठ एकदिन टिभीमा आएको समाचारले अचम्ममा परे ‘नायीका करीष्मा मानन्धर नयाँशक्तिमा प्रवेश ।’
समाचार सुनेपछि विनोदले सोधे ‘तिमीले आफ्नो निर्णय बुझेरै गरेको हो ?’ करीष्माले भनिन्  ‘हो’ त्यसपछि उनले कुनै प्रश्न गरेनन न त श्रीमतिको  निर्णयलाई कुनै अवरोध नै गरे । राजनीतिक चेतना र आस्था हरेक मानिसमा हुन्छ तर प्राय महिलाहरु माईतिमा फरक बिचारमा आस्था राखेपनि बिबाहपछि श्रीमानकै आस्थाको राजनीतिक दललाई खुलेर समर्थन गर्छन् । यो नेपाली समाजको यथार्थता हो । कोही महिलाले राजनीति नै गर्नुपरेपनि श्रीमान श्रीमतिबिच योजनामा छलफल गरेर मात्रै हुन्छ । तर चर्चित अभिनेत्री करीष्मा मानन्धरको घरमा त्यो लागु भएन ।

पोलिटिक्स इज नट फर यू मामु

त्यसो कुनै निर्णय लिँदा छलफल नै नगर्ने उनी होईनन् तर राजनीति गर्ने निर्णय व्यक्तिगत हो भन्ने सोँचले उनले घरपरीवारलाई यसबारे तनाव दिन चाहिनन् । ‘ श्रीमान् विनोदलाई नसोधी कुनै पनि निर्णय गर्दिनँ तर, राजनीतिमा आउने निर्णय गर्दा मैले विनोदलाई सोधिनँ’ उनले भनिन् ‘ म चाहन्थेँ, यो मेरो नितान्त व्यक्तिगत निर्णय रहोस् ।’
अर्को कारणचाहिँ परिवारले आफूलाई द्विविधामा पारिदिन्छ भनेर पनि उनले कसैलाई यो निर्णय ‘सेयर’ गरिनन् तर पार्टी प्रवेश पछि जान्ने बुझ्ने भएकी छोरीले भने उनलाई सुझाव दिन खोजिन् । ‘मेरी छोरी कविताले चाहिँ ‘पोलिटिक्स इज नट फर यू मामु’ भनिन्, मैले हाँसेरै टारिदिएँ’ करीष्मा भन्छिन् ।

वितृष्णा राम्रो कामले पखाल्न सकिन्छ

नेपालको राजनीति आलोचित छ भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । तर देशको भाग्य र भविष्य खोल्ने फेरी यही राजनीतिले नै हो । बरु राजनीतिलाई सफा गर्नुपर्छ भन्ने सोँच धेरैमा भएन, त्यसैले करीष्मामा त्यो नयाँ सोँच आयो र नयाँशक्तिमा लागिन् । ‘हो, मलाई थाहा छ, नेपाली समाजमा राजनीतिप्रति अत्यन्त ठूलो वितृष्णा छ । तर, यसलाई पखाल्नु जरुरी छ ।’ उनी भन्छिन् ‘हामी राजनीतिमा संलग्नहरूकै सामूहिक प्रयत्न र असल कार्यको सुरुवातले यसलाई पखाल्न सकिन्छ ।’

चित्त दुखेको रहेछ भने मलमपट्टी लगाउनेछु

मान्छेले गल्ति गरेपछि आलोचना हुनु स्वभाविक हो । तर कलाकारका रूपमा जताततै हाई–हाई भएकी करीष्माको बिनाकारण धमाधम आलोचना भयो । तर उनले त्यसलाई नेपाली समाजको वास्तविकता भनेर सहजै लिईन ‘कुनै गल्ती–कमजोरीविना नै तीव्र आलोचनाको सिकारसमेत भएकी छु तर म आफ्नो विचारमा प्रस्ट छु’ उनि भन्छिन् ‘त्यसैले आलोचनाकै कारण उत्तेजित हुने वा हीनताबोधले ग्रस्त हुने मेरो बानी छैन । अरूलाई गाली गर्नु आफूभित्र विकार हुनु पनि हो ।’
नायीक मानन्धरले पनि राम्रोसंग बुझेकी थिईन । त्यसमाथि सामाजिक प्रतिष्ठा आर्जन गरेको कलाकार राजनीतिमा सामेल हुँदा कहीँ न कहीँ दर्शकको मन दुख्ला भन्ने लाग्ने नै भयो । तर मन दुखाउनु र आलोचना हुनु फरक कुरा हो । उनलाई अनावस्यक आलोचना गरीयो तर पनि उनी राम्रो काम गरेर देखाउन प्रतिवद्ध छिन् । ‘म पार्टीमा लाग्दा कोही दर्शक, शुभचिन्तककोे चित्त दुखेको रहेछ भने म असल काम गरेर मलमपट्टी लगाउनेछु’ उनि भन्छिन् ।

नयाँशक्ति नै किन ?

करीष्मा मानन्धरलाई ‘आउनुहुन्छ कि’ भनेर चुनावताका धेरै पार्टीका नेताले नसोधेका पनि होईनन् । त्यतिबेला राजनीतिमै आउने चाहना भएन, कहीँ कतै गईनन् पनि । पछिल्लोपटक गनठभएको नयाँशक्तिमा आउनुस भनेर उनलाई कसैले बोलाएनन् । तर जव डा बाबुराम भट्टराईले माओवादी पार्टी परीत्याग गरेर नयाँ शक्तिको अभियानमा लागे उनलाई पनि राजनीतिमा लागुँ लागुँ भयो, अनि सोही पार्टीमा जोडिईन् । भट्टराईले विभिन्न संस्था र नागरिक समाजका सामु राखेको विचार उनलाई मन परिरहेको थियो त्यसैले  राजनीतिमा आएर केही योगदान दिन सक्छु भने किन नआउने भन्ने लागेर उनी नयाँ शक्तिमा जोडिईन । ‘नेपालमा एक सय ८१ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता रहेछन् । मलाई एक सय ८० वटा राजनीतिक दलमा जानु नै थिएन’ उनले भनिन् ‘तर मेरो विचार केवल नयाँ शक्तिसँग मिल्न गयो । त्यसैले मैले यसलाई नै रोजेकी हुँ, आफ्नै विवेकले नयाँ शक्तिमा ।’
उनको विचारमा हाम्रो नेपाललाई आर्थिक समृद्धि र सुःख–शान्ति चाहिएको छ । नयाँ शक्तिले नै पहिलोपल्ट यी सवालहरूलाई आफ्नो राजनीतिक मुद्दा बनायो । राजनीतिक अधिकारप्राप्तिको चरण समाप्त भएको र देश आर्थिक समृद्धिको चरणमा जानु आवश्यक भएको मेरो निचोडसँग नयाँ शक्तिको एजेन्डा मिलेका कारण उनले नयाँशक्ति रोजीन् ।
‘म सन् १९९५ मा चीनको बेइजिङ गएकी थिएँ । त्यसवेला बेइजिङमा खासै भौतिक पूर्वाधारको विकास भएको थिएन । तर, आजभन्दा तीन वर्षअघि बेइजिङ जाँदा म चकित परेँ । सन् १९९४ मा एक कार्यक्रमको सिलसिलामा कतार गएकी थिएँ । चारैतिर झाडी मात्र थियो । तर, आज संसारको ध्यान तान्न सफल देश भएको छ कतार । समुद्र पुरेर त्यसमाथि सहर ठड्याइएको छ । चारैतिर मरुभूमिलाई हरियाली बनाएको छ । हाम्रो देशका युवाहरूलाई आयात गरिरहेको छ कतारले ।’ उनी भन्छिन ‘त्यसैले हाम्रोमा पनि अरू देशको झैँ विकास र समृद्धि सम्भव छ भनेर नै म नयाँ शक्तिमा प्रवेश गरेकी हुुँ ।’

नेपालमा जनता र नेताविच ठूलो खाडल छ

विभिन्न राजनीतिक कार्यक्रममा बाबुरामजीलाई देखिरन्थिन् । प्रधानमन्त्री नबन्दासम्म उनीहरुको बोलचाल भएन । तर प्रधानमन्त्री भएको बेला जव उनले भेट्ने मौका पाईन उनलाई लाग्यो उनी एकदम सरल रहेछन् । ‘उहाँ प्रधानमन्त्री भएपछि म बधाई दिन पुगेँ । सहजै भेट्न पाएँ । अन्त्यमा उहाँले मुस्कुराउँदै तपाईंको कुनै माग छ कि ? भनेर सोध्नुभएको थियो ।’ उनले भनिन् ‘मैले ‘मेरो व्यक्तिगत माग केही पनि छैन सर । तपाईं प्रधानमन्त्रीको पदबाट बाहिरिँदा जनताले पछिसम्म सम्झिइरहने केही काम गर्नुहोला’ भनेकी थिएँ ।’
नेपालमा जनताले नेता भेट्न नपाउने कुराको पनि उनी आलोचना गर्छिन । ‘नेपालमा जनता र नेताबीच ठूलो खाडल छ तर, जसरी अन्य नेतासँग भेट्न झन्झटिलो प्रक्रिया पार गर्नुपर्छ, डा. भट्टराईसँग भेट्नचाहिँ पहिल्यैदेखि सहज रहेछ’ उनि भन्छन् ‘उहाँसँगको पहिलो भेटमा नै मैले महसुस गरेको के हो भने कसैले पनि उहाँसँग भेट हुन्छ कि हुँदैन भनेर सुर्ता मान्नुनपर्ने रहेछ ।’

पर्दामा देखाइने ‘सिन’भन्दा जीवनको चित्र भिन्न रहेछ

उनी नयाँ शक्तिमा आबद्ध भएको करिब नौ महिना भयो । कलाकारका रूपमा नभई नेतृका रूपमा राजनीतिक कार्यक्रममा भाग लिन विभिन्न ठाउँमा पुगीन पनि । कतिपय ठाउँमा डा. बाबुराम भट्टराईसँगै राजनीतिक कार्यक्रममा भाग लिईन । यसले उनलाई सिकाएको एउटा महत्वपूर्ण कुरा  जनताको वास्तविक जीवनको चित्र र सिनेमाको सिनको फरक । ‘सिनेमाको पर्दामा देखाइने सुन्दर ‘सिन’भन्दा जनताको वास्तविक जीवनको चित्र भिन्न रहेछ, जनताको अवस्था अझै पनि दर्दनाक रहेछ भन्ने बोध भयो’ उनी भन्छिन् ‘कलाकारिता र राजनीतिको भाषा नै भिन्न हुने रहेछ । तर, जनताले त सामान्य भाषा नै बुझेको महसुस गरेकी छु ।’

भाषा र काम गराइ जनमुखी हुनुप¥यो, नेतामुखी होइन

उनलाई लाग्छ नेताहरूले बोल्ने भाषा कहिलेकाहीँ ‘हेभी’ भइदिन्छ । त्यसलाई बुझ्न सर्वसाधारणलाई निकै गाह्रो पर्छ । त्यसैले अहिले उनको पार्टीमा डा. भट्टराईले नै दस्तावेज लेखनमा बारम्बार सामान्य भाषा प्रयोग गरौँ भन्छन् । ‘त्यसैले जनताले बोल्ने साधारण भाषालाई प्राथमिकता दिएका कारणले नयाँ शक्तिमा मलाई सहज नै महसुस भएको छ’ उनी भन्छिन्  ‘हाम्रो भाषा र काम गराइ जनमुखी हुनुप’यो, नेतामुखी होइन । हामी कलाकारले लगाउने पोसाक र राजनीतिक व्यक्तिले लगाउने पोसाकमा केही भिन्न भएको महसुस गरेकी छु ।’
उनको चाहना पनि जनता वा नेता उसलाई जे कुरा सहज महसुस हुन्छ र समाजमा स्विकार्य हुन्छ त्यो प्रयोग गर्न पाउनुपर्छ भन्ने छ । त्यसैले भन्छिन् ‘म त कलाकार हुँ । रातारात आफूलाई परिवर्तन गर्ने भन्ने पनि हुँदैन । राजनीति गर्ने भन्दैमा साडी र कुर्ता मात्र लगाउनुपर्छ भन्ने पनि हुँदैन । त्यसैले उहाँहरूले मलाई कलाकारकै पोसाकमा स्विकार्नुपर्छ भन्ने मलाई लाग्छ ।’