बैशाख ३, २०८१ सोमबार

पहिलो पटक वाणिज्य बैंकमा महिला नायव कार्यकारी



bandana_pathakकाठमाडौं – बन्दना पाठक नेपालको निजी क्षेको वाणिज्य बैंकमा पहिलो पटक महिला नायब कार्यकारी तहमा पुग्न सफल भएकी छन् ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा पाठकलार्इ नियुक्त गरेपछि निजी क्षेत्रको बैंकमा उक्त पदमा पहिलो पटक महिला पुगेका हुन ।  बैंकले उनलार्इ पुस १५ गतेदेखि लागु हुनेगरी पाठकलार्इ साे पदमा नियुक्त गरेको हाे ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ । उनले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेकी छिन् ।

निजी क्षेत्रको वाणिज्य बैंकमा डेपुटी सिईओ तहमा पुग्ने संभवत उनी पहिलो महिला बैंकर्स हुन् । चार वटा विकास बैंक मर्ज भएपछि  तीन वटा विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु राजाराम खड्का, कमल गौतम र रेवन्तकुमार दाहालले डेपुटी जनरल म्यानेजरको भूमिका पाएका छन् ।

मर्जपूर्व एपेक्स डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । एकै पटक पाँच वटा बैंक मर्ज भएकोले यस बैंकमा जनशक्ति व्यवस्थापन निकै चुनौतिपूर्ण काम रहेको छ । नवनियुक्त डेपुटी सीईओ पाठकले यसअघि सोही बैंकमा मानव संशाधन विभाग प्रमुख भएर काम गरेकी थिइन।