बैशाख १, २०८१ शनिबार

७० वर्षकी बृद्धालाई एसईईको रन्को



mithu-khanal

भक्तपुर – पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेकी छन्, मीठू खनाल । जो ७० वर्षको अमेरमा आजबाट देशभर सञ्चालन भइरहेको एसईई परीक्षामा सहभागी भएकी छन् ।

भक्तपुरस्थित महिला आस्था विद्यालयमा पढेकी उनी भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक परीक्षा केन्द्रमा एसईई परीक्षा दिन पुगेकी छन् ।

आजदेखि सुरु भएको परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र  निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसक्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिन लागेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार परीक्षाका लागि काठमाडौमा सबैभन्दा बढी ९६ वटा र मनाङ र मुस्ताङमा एक-एक वटा केन्द्र तोकिएको छ । source : onlinekhabar