चैत्र १६, २०८० शुक्रबार

कान्ता कुन्ती सिँहदरबार छिरे, विभाग भने छैन



Kanta Kunti
काठमाडौँ – सरकार विस्तारको अन्त्यतिर दुई महिला सिँहदरबार छिरेका छन् । राप्रपाका कुन्ती कुमारी शाही र कान्ता भट्टराईलाई राज्यमन्त्री बनाएका हुन् । उनीहरुको विभाग भने छैन ।
दुई महिलासंगै सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा पनि राज्यमन्त्रकिो रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यो सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँपटक मन्त्रीमण्डल विस्तार गरेर ६४ सदस्यीय बनाएका छन् । शनिबार दिउँसो नै कमल थापाले उपप्रधान तथा जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई मन्त्रीको रुपमा सपथ ग्रहण गरेका थिए ।

समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।