बैशाख १२, २०८१ बुधबार

दिल्लीका डाक्टरले जेठसम्म मात्र बाँच्ने भनेकी दन्त चिकित्सक फूर्तिसाथ बिरामीको सेवामा



भरतपुर — हँसिलो अनुसार, फुर्तिलो जीउ । दन्त चिकित्सक बिष्णुमाया (बीएम) खरेल लामिछाने एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा बिहान ९ बजेदेखिसाँ झसम्म दाँतका बिभिन्न रोगीको उपचारमा फूर्तिसाथ खट्छिन । आफ्नै लगानीको अस्पतालमा ब्यवस्थापनको जिम्मेवारी पनि आफ्नै भएकाले बेलुकी ५ बजेपछि सबै मिलाउन लागि पर्छिन्।

सामाजिक संघरसंस्थाका क्रियाकलाप देखि सामाजिक सञ्जालसम्म उत्तिकै सक्रियताका साथ छाइरहेकी हुन्छिन् । देख्नेहरु कसैलाई पनि लाग्दैन कि उनी आफू बिरामी छन् । तर भरतपुर महानगरपालिका १० लाहुरे टोलकी ३५ वर्षीया लामिछाने आफूलाई क्यान्सर भएको छ ।

९ महिनाअघि ५ बर्षीय छोरा प्रतीकसित खेल्ने क्रममा पेटमा टाउकोले लागेको थियो। त्यसपछि कतारकता दुस्खे जस्तो अनुभुति भयो। शरीर दुब्लाउदै जान थाल्यो। ‘मनमा शंका बढ्दै गयो र चिकित्सकलाई भेटिन्। उनले भनिन्,‘भिडियो एक्सरे गराएँ। पाठेघरमा मासुको डल्ला देखिए पछि झन शंका बढ्यो।’

थप परीक्षणका लागि उनीभरतपुरस्थित पुरानो मेडिकल कलेज गईन्। एमआरआई गर्दा उस्तै रिपोर्ट आएपछि चिकित्सकले भारतको दिल्ली जान सुझाए। पति हाडजोर्नी बिशेषज्ञ प्रमोद लामिछानेका साथ भारत गईन्। त्यहाँको अस्पतालमा आवश्यक जाँच गराईन्। गत वैशाख ३० गते पेटको क्यान्सर भन्ने पत्ता लाग्यो।

त्यो पनि तेश्रो चरणमा। ‘त्यहाँ चिकित्सकले जेठ महिनासम्म मात्र बाँच्ने बताए,’ उनले सुनाईन, ‘सायद भगवानको कृपाले होला, अहिलेसम्म उर्जाका साथ बाँचेकी छु। पहिलाभन्दा जोश जागर र काम गर्ने शक्ति पलाएको छ।’ उनलाई चितवनका चिकित्सक निर्मल लामिछाने, गुरुशरण साहलगायतले हिम्मत हार्न दिएनन्।

‘मलाई क्यान्सर भन्ने बित्तिकै मरिन्छ भन्ने कहिल्यै भएन,’ हाँसिलो मुद्रामा उनले सुनाईन,‘क्यान्सर भयो, अब बाँच्दिन भनेर नकरात्मक सोच कहिल्यै आएन।’ उनका एक छोरा, श्रीमान छन्, सासु, ससुरा छन्। रोग लागेको सुन्ने बित्तिक्कै आमा क्षेत्रकुमारी खरेल छोरीको हेरचाहका लागि यहाँ आईन। त्यसैले पनि उनलाई उपचारमा थप उर्जा मिल्यो। घरमा सासु, ससुरा र आफ्नो पट्टिका आमा बुवा सबैलाई रोग बारे जानकारी छ।

भारतबाट फर्के लगत्तै ‘केमो’ चढाउन सुरु गरियो। सुरुरसुरुमा अलि कमजोर महशुस भएको उनले सुनाईन्। यहाँस्थित अस्पतालमा उनलाई ६ वटा ‘केमो’ चढाईएको छ। ‘केमो’ लगाएपछि घरमै आउँथिन्। अस्पताल जाँदा उनले त्यहाँ क्यान्सर रोगले आत्तिएका धेरैलाई देखिन्। तर कसैको मुहारमा हाँसो देखिनन्।

सबैका अनुहार निन्याउरो देख्थिन्। पहिलो चरणको ‘केमो’ सकिएर टेष्ट गर्दा पहिला भन्दा ७० प्रतिशत रोग कम भएको रिपोर्ट आएपछि उनमा खुशीको सिमा रहेन। अहिले चिकित्सको निगरानीमा छिन्।

उनको जोश, जागरण, फुर्ति झनै बढेको श्रीमान डा. प्रमोदले बताए। ‘पहिलेको भन्दा अहिले बढी बिरामी हेर्न खट्छिन्,’उनले भने,‘क्यान्सर लाग्ने बितिक्कै मरिन्छ भन्नेहरुका लागि उदाहरण बनेकी छिन्।

डा. प्रमोद अर्थोपेडिक सर्जन हुन्। भरतपुरमा ‘केमो’ चढाएपछि थप परामर्सका लागि लामिछाने दाम्पति गत भदौ ३० गते यूनिभर्सिटि आफ हिरोसिमा (जापान) गएका थिए। त्यहाँ पुन टेष्टहरु गराईयो। शल्यक्रिया गर्ने भन्ने सोच बनाएकोमा चिकित्सकले गर्दा र नगर्दामा केही फरक नहुने भनेपछि ‘केमो’मै जोड दिएका थिए।

अहिले ३/३ महिनामा उनको जाँच हुन्छ। ‘पहिले भन्दा निकै सुधार भएको देखियो,’ उपचारमा खटेको चिकित्सक गुरुचरण साहले भने,‘क्यान्सर लाग्ने बितिक्कै मरिन्छ भन्ने होईन्।’

२०३९ साल भदौ २४ गते काठमाडौंको स्यंवम्भूमा जन्मेकी बिष्णुलाई डाक्टर बनाउने बुवा हरिप्रसाद खरेलको सपना थियो। बुवाको प्रेरणाले उनी २०६३ सालमा डेन्टलतर्फ बिडिएस गरिन्। त्यसपछि ३ महिनाको तालिमका लागि उनी डेनमार्क गईन्। ११ बर्षदेखि उनी बिरामीको सेवामा सक्रिय छिन्।

गएको मंसिरमा उनले हस्पिटल अफ म्यानेजमेन्टमा मास्टर्स गरिन्। २०६७ सालमा लमजुग तार्कुघाटका डा। प्रमोदसित उनको बिवाह भएको थियो। २०६८ सालदेखि उनी ट्रमा सेन्टरमा दन्त चिकित्सकका रुपमा काम गर्दै आएकी छिन्। सेन्टर डा। लामिछाने दाम्पतिकै लगानीमा सं‍ञ्चालित छ।

‘मानिसको नसिवमा जे लेखेको छ त्यही भएरै छाड्छ,’उनी भन्छिन्, ‘रोग लाग्यो भन्दैमा डराउनु हुन्न। अन्तिम सास रहेसम्म बिरामीको सेवामै लाग्छु।’ उनको मुहारमा अहिले पनि हासो उत्तिकै छ।

सबै सामु मिजासिला बोल्ने डा।बिष्णु क्यान्सर लागेका ९८ प्रतिशत मर्ने गरेको र २ प्रतिशत मानिस बाँच्ने गरेको तथ्य सुनाउदै त्यही २ प्रतिशतमा आफु परेको सुनाउँछिन्। उनको हौसल्ला देखेर यहाँका स्थानीय संघसंस्थाले सम्मान गर्न थालेको छ।