आश्विन २०, २०८१ आईतबार

चर्चित स्ट्रिप नर्तकी बिन्दु परियार भन्छिन् -‘नांगिनुबाहेक जीवनमा धेरै गर्नु छु’



 काठमाडौ-कथा कसको हुँदैन ? जसले जिन्दगी पाएको छ वा जसले जिन्दगी पाएको छैन– सबैको । सबैलाई आफ्नो कथा ठूलोे लाग्छ । एउटा अरबपति होस् या बगरमा गिट्टी कुट्ने मानिस, खोलामा बगिरहेको ढुंगा होस् या खोलैमा अल्झिरहेको काठको मुढा– सबैका आफ्ना कथा हुन्छन् । दुःख–सुखका कथा ।

बिन्दु परियार । प्रायःले सुनेको नाम । दिउँसो सुन्दा नाक खुम्च्याउने, राति ‘पोर्न हब’मा खोजी–खोजी हेरिने नाम । नेपाली समाजमा पच्न नसकेको एउटा पात्र । हो, उनकै कथा हो यो । एक समय डलासकी चर्चित स्ट्रिप नर्तकी, जो ‘मलिका’, ‘बिन्दी’ अथवा ‘हट बिन्दी’को नामले परिचित भइन् । उनकै कथा हो यो ।

थुप्रै मानिसले उनका भिडियो र फोटो इन्टरनेटतिर हेरिसकेका छन् । उनीबारे सबैलाई थाहा छ । उनको शरीरबारे त झन् सबैलाई थाहा छ । तर, थाहा छैन उनको कथा । उनको संघर्ष । उनको आरोह, उनको अवरोह । आफ्नो कथा भन्ने अवसर सबै मानिसले पाउनुपर्छ । त्यही सोचेर उनलाई यो लेखको विषयवस्तुु बनाइएको हो । ताकि सुनून् सबैले उनको कथा ।

उनी शुरुमा निकै हिच्किचाइन् र भनिन्, “मेरो बारेमा म केही भन्न चाहन्नँ । यसै पनि मेरो बारेमा सबै कुरा इन्टरनेटमा छ ।”

फेरि उनले सोधिन्, “मेरो सेक्सको भिडियोको बारेमा के भन्नुहुन्छ रु यदि तपाईले मेरो बारेमा केही लेख्नुभयो भने पनि त्यसले के फरक पार्छ र रु मानिसहरूले मेरो बारेमा पढ्छन् अनि मलाई नराम्रो सोच्छन् ।”

उनले भनेका कुरामा उनको आफ्नै तर्क थियो । यी सबै तर्क–वितर्कपछि अन्त्यमा उनी अहिलेसम्म नभनिएका कथा सुनाउन राजी भइन् । जो अहिलेसम्म कतै सार्वजनिक गरेकी थिइनन् ।

“बाल्यकालका दिनहरू सम्झिँदा मलाई अझै पनि रुन मन लाग्छ,” कुराको पोयो फुकाउँदै उनले पश्चिम नेपालका दुःखद दिन सम्झिइन् ।

उनी हेम्जा ९कास्की०को ग्रामीण क्षेत्रमा जन्मेकी हुन् । नाच्नु उनको सानैदेखिको शोख थियो । विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा उनले भाग लिने गर्थिन् । ती दिन साह्रै रमाइला थिए । साथीहरूसँग नृत्य गर्न नेपालका विभिन्न स्थान गइन् ।

बिन्दु १ वर्षकी हुँदा उनको हेरचाहका लागि एकजना व्यक्ति आए । उनले ज्ञानुबाबा विद्यालयबाट १२ कक्षासम्म अध्ययन गर्न सघाए । पछि बिन्दु तिनै व्यक्तिसँग अमेरिका पुगिन् । उनी जुन विश्वासका साथ ती व्यक्तिसँग गइकी थिइन्, त्योभन्दा ठीक उल्टो पाइन् । आफूले त्यति धेरै विश्वास गरेको मानिसले त्यस्तो गर्ला भनेर उनले सपनामा पनि चिताएकी थिइनन् ।

३० वर्षका टम स्वेल बिन्दुभन्दा २९ वर्ष जेठा थिए, जसले बिन्दुकी काकीसँग विवाह गरेका थिए । उनी पर्वतारोही थिए । पछि उनले बिन्दुकी काकीसँग सम्बन्धबिच्छेद गरेर बिन्दुकी दिदी सीता परियारसँग विवाह गरे ।

बिन्दुका लागि ती व्यक्ति त्यतिबेलासम्म राम्रै थिए । उनैले बिन्दुको कक्षा १ देखि पढाइको खर्च बेहोरिरहेका थिए । तर, टमको दिमागमा जुन कुरा चलिरहेको थियो, त्यो कसैलाई पनि थाहा थिएन । सबै कुरा परिवर्तन भयो, जब सीताले टमलाई छोडिन् ।

बिन्दु सम्झिन्छिन्, “उनले आत्महत्या गर्छु भनेका थिए तर मैले सम्झाएँ । टमले मलाई दिदी सीताका केही नांगा तस्बिर देखाउँदै कुनै जवान केटाका लागि आफूलाई छाडेको आरोप लगाए । मैले सबै सत्य ठानें तर त्यहाँ कुरा ठ्याक्कै उल्टो रहेछ ।

दिदीलाई उनले स्ट्रिप क्लबमा काम गर्न कर गरिरहेका रहेछन् । उनी मलाई अमेरिका लिएर जान चाहन्थे किनभने मजस्ता जवान केटीले उनका लागि धेरै पैसा जम्मा गर्न सक्थी । अहिले म महसुस गर्दैछु– आखिर मैले दिदीको कुरा किन सुनिनँ रु शायद म अमेरिका आउन धेरै नै उत्सुक थिएँ । तर, अफशोच १ म टमको गलत योजनामा फसिसकेकी थिएँ ।

मेरा आमाबुवा गरिब हुनुहुन्थ्यो । उहाँहरू सोच्नुहुन्थ्यो– टम हामीजस्ता गरिबलाई सहयोग गर्ने भगवान् हुन् । आखिर मैले जीवनको सुरुवातदेखि चिनेको मानिसलाई म विश्वास नगरूँ पनि कसरी रु हामी सबैले उनको विश्वास ग¥र्यौं । उनले दिएका पन्नाहरूमा मैले आँखा चिम्लेर हस्ताक्षर गरें । अमेरिका रु हो म साँच्चै आउन चाहन्थें तर मैले यस्तो मूल्य चुकाउनपर्छ भन्ने सोचेकी थिइनँ ।

अमेरिका आइसकेपछि परिस्थिति बिग्रिँदै गयो । मैले बुझेसम्म टमले मलाई यहाँ पढाउन ल्याएका हुन् । त्यही धरातलमा टेकेर मैले राम्रो परिवार र सुखी जिन्दगीको आशा गरें । म आफ्नो परिवारलाई गरिबीको दलदलमा फसेको देख्न चाहन्नथें । सबैभन्दा रोचक कुरा त– जसलाई मैले २० वर्षदेखि चिनेकी थिएँ, उनैको कारणले म अर्को दलदलमा फसें ।

उनले मेरा सबै सपना पूरा गरेर नर्स बनाउने वाचा गरेर मलाई यहाँ ‘के ’ भिसा विवाह गर्नका लागि दिइने भिसामा लिएर आए । म र मेरो परिवार निकै खुशी थियौं । हामीले सोच्यौं कि म अमेरिका पढ्नलाई जादै थिएँ । तर, म उनको यौन चाहना पूरा गर्ने दासी र उनकी श्रीमतीको रूपमा जान लागेको कुरा थाहा थिएन ।

पहिलोपटक म सन् २०१० अक्टोबरमा अमेरिकाको मोन्टाना सिटी पुगेकी थिएँ । ‘केयर गिभर’को काम गर्ने सोच थियो । तर, टमले मलाई अमेरिका ल्याउन धेरै पैसा खर्च गरेको भन्दै नाइट क्लबमा काम गर्न जिद्दी गरे । त्यसपछि उनले मलाई इडाहो र डलासमा लगे ।

तीन महिनासम्म उनले भनेको काम गरिसकेपछि मैले नेपाल फर्कन चाहेको बताएँ । तर, उनले मलाई मेरो नग्न भिडियो र फोटो परिवारलाई देखाइदिन्छु भन्दै धम्क्याए । बाध्य भएर त्यसलाई निरन्तरता दिएँ ।

त्यसबाहेक सबैभन्दा ठूलो कुरा त उनीसँग मेरो पासपोर्ट र सबै कागज थिए । यहाँको व्यवस्था कस्तो थियो भन्ने कुराको मलाई कुनै जानकारी थिएन । प्रहरीको सहायता कसरी लिने भन्ने कुराको समेत मलाई कुनै जानकारी थिएन । त्यो मेरो लागि छुट्टै संसार थियो । मेरो जीवन नर्क भइसकेको थियो ।

मैले टमलाई धेरै विश्वास गरेकी थिएँ । पहिलो दिनदेखि नै मेरो जिन्दगी उनको हातमा थियो । वर्षौंदेखि उनी मलाई यता ल्याएर यस्तो पेशामा लगाउन चाहन्थे भन्ने कुराको औंशबराबर पनि छनक थिएन । ममा गरेको सबै लगानी फिर्ता गरिसकेपछि मलाई छाडिदिन धेरै अनुरोध गरें तर उनले मलाई धम्कीमात्रै दिइरहे ।

टन्न पैसा कमाएको सहज जीवन हुँदेन । मैले जसरी पनि एक रातको हजार डलर कमाउनु पथ्र्यो । नत्र टमले बेल्टले हिर्काउँथे । आफ्नो पिसाब पिउन बाध्य पार्थे । उनी दिनभरि घर बस्थे, हरेक रात पिउँथे । काममा जाँदा मेरो खुट्टामा एकदम पीडा हुन्थ्यो । मानिसहरूका लागि नांगो हुनुपथ्र्यो । म दिनको १२ घण्टा, हप्ताको ५ देखि ७ दिनसम्म काम गर्थें ।

मैले कति कमाएँ र कति जनासँग यौन सम्पर्क राखें भन्ने कुरा उनले टिपेर राख्थे । मैले बिनापैसा उनको खुशीका लागि पनि यौन सम्पर्क राख्नुपथ्र्यो । उनलाई त्यसैमा सन्तुष्टि हुन्थ्यो । म पैसाको लागि मात्रै नाच्थें ।

उनले मलाई पिउन बाध्य गराएर मेरो सेक्स भिडियो बनाए र पछि त्यही भिडियोको बहानामा धम्क्याउन थाले । उनका गतिविधिबाट म त्रसित भइसकेकी थिएँ, त्यसैले उनले जे भन्छन्, त्यही गर्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन ।

लामो समयसम्म चुप लागेर उनले भनेको मानें । तर, म उनको यातनाबाट झनपछि झन् पीडित हुदै गएँ । म पाँच पटकसम्म अस्पताल भर्ना भएँ । मसँग यौन सम्पर्क गराउन उनी कलेज पढ्ने केटा र आफ्ना साथीहरू ल्याउने गर्थे । मैले उनीसँग भन्दा अरुसँगै यौनसम्पर्क राख्नु उचित ठानें । कमसेकम मलाई उनीहरूले आफ्नो इच्छा पूरा भएपछि पिट्न त पिट्दैनथे ।

मलाई एक्लै छोडिदिन्थे । मैले आफैंलाई मार्ने कोसिस पनि गरें । धेरैपटक मलाई मानसिक अस्पतालमा लगेर राखियो । परामर्श लिएर औषधि खाएँ । अहिले मैले उनलाई छोडिसकेकी छु र आफ्नो जीवन कुनै राम्रो मानिससँग बिताउने सोचमा छु । मैले नर्सिङ कलेजमा पनि भर्ना लिएँ । अहिले मसँग पम्पकिन नाम गरेको कुकुर छ, जसले मेरो ओठमा मुस्कान ल्याउँछ ।

मेरा फोटा र भिडियो हेर्दा म आफ्नो कामबाट सन्तुष्ट देखिनु स्वाभाविक हो, तर त्यो सबै मेरो देखावटी थियो । त्यो मेरो काम थियो । मेरा तस्बिरहरू सबै त्यही कामको प्रयोजनका लागि थिए । सबै फोटोहरू मोडलिङ प्रतियोगिताका लागि थिए । केही महिनापछि म त्यसैमा घुलमिल हुँदै गएँ । मसँग अरु कुनै विकल्प पनि थिएन ।

टम मेरै सहारामा बाँचिरहेका थिए । मैले एक रातको ८ सयदेखि ३ हजार डलरसम्म कमाउँथे तर त्यो पैसामध्ये उनले मलाई १० प्रतिशतमात्रै दिन्थे, जुन मैले परिवारका लागि घर पठाउँथें । मैले शारीरिक यातनाहरू सहन सकिन ।

२०१२ मा डलासमा थिएँ । त्यहाँ मैले बस्ने ठाउँ भेट्टाएँ र डिर्भोसका लागि दर्ता गरें । टमले मलाई फेरि तीन वर्षसम्म सँगै बस्न अनुरोध गरे । तर, मलाई फेरि मूर्ख बन्नु थिएन । म उनीसँग बसिनँ भने फेरि मेरो सम्पूर्ण नग्न तस्बिर र फिल्म पोस्ट गरिदिने धम्की दिए, जुन उनैले बनाएका थिए । मैले मानिनँ । अहिले अनलाइनमा भएका कुराहरू सबैले देखिसके ।

मेरो विगत एउटा नराम्रो दुस्वप्न थियो, जसलाई म भुल्न चाहन्छु । मैले टमलाई छोडेको दुई वर्ष भइसकेको छ । अहिले म धेरै सन्तुष्ट छु । उनलाई छोडेदेखि नै मैले नाच्न पनि छोडिदिएँ । अब म नर्स बन्न मेहनत गरेर पढ्दैछु । भर्खरै मैले कलेज भर्ना गरें । नर्सिङ गर्नुअघि पढ्नुपर्ने विषय पढ्दैछु ।

मेरो जिन्दगी मेरो परिवारको लागि हो । मैले जुन दिन मेरो परिवार र घरको लागि केही गर्न सक्छु, त्यही दिन मेरो जीवनको सबैभन्दा खुशीको दिन हुनेछ ।

टमलाई छोडेदेखि म उनीसँग सम्पर्कमा छैन । उनले मेरो लागि नेपालमा गरेको सहयोगप्रति आभारी छु ।”हामीले बिन्दुलाई सोध्यौं, “नर्सिङ प्रमाणपत्रकै आधारमा पहिलेजस्तो आम्दानी नभए तपाईंले पुनः नाच्ने पेशालाई निरन्तरता दिनुहुन्छ रु किनभने तपाईंले नर्सिङ गरेर एक वर्षमा कमाउने पैसा स्ट्रिपिङ गर्दा एक महिनामा कमाउनुहुन्छ ।”

जवाफमा बिन्दुले भनिन्, “म थाकिसकेकी छु । नर्सिङ प्रमाणपत्रका लागि ज्यान दिएर पढिरहेकी छु । मैले जीवन बिताउन राम्रो मान्छे पनि पाइसकेकी छु, जसले मलाई धेरै माया र ख्याल गर्छ ।

मेरो जीवनमा ऊ नआएको भए र मेरो बस्ने ठाउँ नभएको भए शायद म फेरि त्यही पेशामा फर्किन्थें होला । त्यो काम नराम्रो होइन तर गाह्रो भने हो । धेरै मानिसहरूको अगाडि नांगिन ठूलो हिम्मत चाहिन्छ । मैले मेरो पढाइलाई पहिलो प्राथमिकता दिनुपर्छ । खान, बस्न र परिवारलाई सुखी राख्न पाए मलाई जुन काम पनि ठीक छ । नांगिनुबाहेक मैले जीवनमा अरु धेरै काम गर्न बाँकी छ ।”ब्राहखरीबाट