आश्विन १९, २०८१ शनिबार

इन्द्रावती किनारमा माझी महिला



सिन्धुपाल्चोक-सिन्धुपाल्चाकको भिमटार माझी समुदायका स्थानीयहरु पछिल्लो समय गाउँमै रोजगारीको वातावरण सिर्जना हुन थालेपछि शहर केन्द्रित हुन छाडेका छन् ।

इन्द्रावती नदि र क्रसरबाट रोजगारी पाउन थालेपछि माझि समुदायको स्थानीय विदेशिन र शहर केन्द्रित हुन छोडेका हुन् । भूकम्पपछि गाउँ बस्ती छाडेर शहर पस्नेको लर्काे उत्तिकै देखिएको छ तर याँहाका बासिन्दा भने शहर छोडेर गाउँ केन्द्रित हुन थालेको हो ।

पुर्ननिर्माणका कारण वालुवा र रोडा लगायत नदि जन्य निर्माण सामाग्रीको खपत बढ्न थालेपछि अहिले भिमटार माझि समुदायको स्थानीयहरुमा रोजगारको गतिलो माध्यम बनेको हो । आफ्नै गाउँ बस्तीमा रोजगारको सिर्जना हुन थालेपछि स्थानीयहरुले अहिले गाउँ घरमा नै रोजगारी पाएपछि शहर छाडि गाउँ केन्द्रित बनेका हुन् ।

वडा सदस्य सिताराम भन्छन्, ‘ भिमटार बासीहरुमा पहिला देखि नै आर्थिक अभाव निकै परेको थियो । तर अहिले वालुवा निकाल्ने काम र इन्द्रावती नदि किनाराको क्रसर नै स्थानीयहरुको मुख्य आयास्रोत बन्न थालेको हो । अहिले बारीमा मकै छर्न र घर बनाउन व्यत भएपनि स्थानीयहरुले भने वालुवा निकाल्ने र क्रसरको कामलाइ छोडेका छैनन् ।

इन्द्रावती नदि किनारामा सञ्चालीत क्रसर उद्योग र नदिबाट वालुवा निकल्ने काम पाएपछि भिमटारका सत प्रतिशत बासिन्द शहर केन्द्रीत हुन छाडेको छन् । विदेशिएका याँहाका स्थानीयहरु नदिमा वालुवा निकाल्ने कामबाट घरमा बसि बसि राम्रो आम्दामी हुने भएपछि घर फर्किन थालेका हुन् । विदेशिएकाहरु धमाधम घर र्फकने गरेका छन् ।

सदस्य दनुवारले भने, ‘खेतबारीमा बाली लगाउन व्यस्त हुने समय भएपनि माझि समुदायका स्थानीय विहान देखिनै इन्द्रावती नदि किनारामा व्यस्त हुने गरेको बताए ।, उनले भने, ‘आवास निर्माणको लागि यो कामको आम्दामीबाट कतिपयले ऋण काड्न नपरेको सदस्य दनुवारले बताए ।

स्थानीय ठुलोकान्छा दनुवारले भने, ‘महिलाहरुलाइ खेतिपाती लगाउन मेलमपमत पठाउने र छोरा मान्छेले विहान देखि नै नदिमा वालुवा निकाल्ने काममा व्यस्त हुने गरेको छौँ, बारीमा मकै छर्ने सिजन भएको छ, धमाधम गाउँ बस्तीमा खेति पनि लगाइ राखेका छौँ ,तर नजिक र पाइक पर्ने ठाउँ भएकोले अधिकाशं छोरा मान्छे वालुवा झिक्न विहानै देखि इन्द्रावती किनारामा आउने गरेको सुनाए ।

एक ट्रिपरको १० हजार पाउँछौँ एक दिनमा ४ जनाले विहान देखि बेलुकी सम्म एक टिप बनाउने गरेको उनले हिसाब सुनाए । पहिला पहिला रोजगारको लागि शहर केन्द्रित भएका थियौँ तर अहिले हामीलाइ यहि काम आयस्रोत बनेको छ घर परिवार सगँ बस्न पाउँने र आम्दामी हुने भएको बताए ।

खेतबारीमा काम सकिएकाहरु धमाधम नदिमा वालुवा निकाल्न झर्दै छन् नसकिएकाहरु मकै छर्न व्यस्त छन् । भिमटारकै अर्का स्थानीय राम बहादुर दनुवारले भने, ‘ केहि समय पहिलेसम्म राजधानी केन्द्रित थिए उनि । राजधानीमा बसेर मासिक १५ हजार कमाउन मुस्किल पर्ने उनलाइ अहिले वालुवा निकाल्ने कामबाट मासिक ४० हजार सम्म आम्दामी हुने गरेको सुनाए ।

मलाइ स्थानीय साथी भाइले पहिला देखिनै बोलाएको थिए, मैले मानेको थिएन तर शहरमा केन्द्रित भएर बस्दा आम्दामी गर्न सास्ति भएपछि अहिले विहान ६ बजे देखि बेलुका साझसम्म बगरमानै वालुवा निकालने काम गरेको उनि बताउँछन् । यो कामबाट कमाइ पनि राम्रो भएकोले फुर्सद निकालेर परिवार नै यो काम गर्न गरेको दनुवारले सुनाए । अहिले भिमटार, ढोटर, माझिटार लगायत सिमान्तकृत माझि समुदायका ९९ प्रतिशत वालुवा निकाल्ने कामबाट स्थानीयहरुको गतिलो आम्दममीको स्रोत बनेको छ ।

हस्तबहादुर मोक्तान सिन्धुलीबाट वालुवा निकाल्न आएको ४ महिना भयो । उनले इन्द्रावती बगरमा रात कटाएको पत्तो पाएका छैनन्, । विहान उज्यालो भएदेखिनै वालुवा निकाल्ने काम गर्छन् । अझ कहिले काँहि त रातको १० बजे सम्म र विहान २ बजे देखि नै काम गर्ने गरेका छन् ।

घरमा वेरोजगार भएर बस्दाको आर्थिक पीडा सुनाउदै हस्तबहादुरले भने, ‘ परिवार ठुलो छ आर्थिक अवस्थाबाट पिल्छिएका हस्तबहादुर अहिले इन्द्रावती नदीमा वालुवा निकाल्ने कामबाट मासिक ३५ हजारसम्म कमाउँछन् । हस्तबहादुर भन्छन्, अब परिवारलाइ नै केहि समयको लागि यो काम गर्नको लागि बोलाएको छु अब वर्षा लागेकाले जेठ अन्तिमसम्म परिवारलाइ नै ल्याउने तयारी गरेको बताए ।

नदिबाट राम्रो आम्दामी हुने भएपछि कतिपयले बगरमा नै टहरो हालेर बस्ने गरेका छन् ।  नदिमा सावेल प्रयोग गरेर आर्थिक अवस्था धानेका भिमटारका स्थानीयहरुको रोजगारी र आम्दामीको मूख्य स्रोत स्काभेटर र जेसिभि प्रयोग गर्न थालेपछि ओझेलमा परेको छ । माछा मारेर जिविका चलाउदै आएका स्थानीयहरु अहिले माछा भन्दापनि वालुवा निकालेर बेच्न तिर लागेका छन् ।

अधिकाशं त्यँहाका स्थानीयको मुख्या आम्दामीको स्रोत बनेको यो काम स्काभेटर र जेसिभिकै कारण धरापमा पर्न थालेको भिमटारका वडा सदस्य सिताराम दनुवारले बताए ।  केहि समय अघिसम्म उनिहरुले सावेल प्रयोग गरेर वालुवा निकाल्दा राम्रो आम्दामीमा भएपनि स्काभेटरको कारण कमि आउन थालेको हो ।

सदस्य दनुवार भन्छन्, ‘ स्थानीयले सावेल प्रयोग गर्दा उनिहरुको रोजगारी र आमदामीको गतिलो स्रोत बनेको थियो तर अहिले सरकारले यसलाइ नियन्त्रण गर्न नसक्दा नदिमा उत्पन्न समस्यासगँ स्थानीयको रोजी रोटि समेत खोसिन थालेको सुनाए । स्काभेटर र जेसिभिले नदि किनाराका बस्ती खेति योग्य जमिन नदि आसपासको पुललाइ समेत असर गरेको छ ।

६ वर्ष अघि विद्यालय छाडेर वालुवा निकाल्ने काम गर्दै आएकी भिमटारकी सम्झना दनुवारले मासिक २० सम्म कमाउने गरेकी थिइन् केहि समय अघि सम्म २० हजारसम्म कमाउँदै आएकी सम्झनाले नदिमा स्काभेटर र जेसिभि प्रयोग हुन थालेपछि महिनामा बल्ल तल्ल १० हजार कमाइन् शुक्रवार विहान नै वालुवा निकाल्न आएकी सम्झनाले पैसाको लागि टन्टलापुर घाममा खइचिएर सावेलले नदिबाट वालुवा निकाल्न व्यस्त थिइन् ।

उनि भन्छिन्, ‘हामीले सावेलले वालुवा निकाल्दा कतै पनि असर पर्दैन न नदिलाइ असर पर्छ न त बस्ती र खेति योग्य जमिनलाइ नै ? स्काभेटर प्रयोगले भने हामीहरुको रोजी रोटि खोसिने र नदि आसपासको हरेक क्षेत्रमा समस्या पर्ने सुनाइन् ।, उनिसँगै काम गरेकी लिलाले थपिन हामीलाइ सरकारले सिमान्तकृत भन्ने गरेको छ । गरि खाने यो काम पनि स्काभेटर प्रयोग हुन थालेपछि लुटिएको गुनासो पोखिन् । वडा कार्यलयले भने यस विषयलाइ तत्काल निर्णय गरेर जेसिभि प्रयोग गर्न नदिने बताउँदै आएको छ ।