>

बैशाख २, २०७८ बिहीबार

राजनीतिमा हिँड्दा छोरीले दूध चुस्नै बिर्सिइन्




राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल

सामन्तको दमनले राजनीतिमा
आफू १ वर्षको हुँदा नै बुबा बितेकोले आफ्नो सबै प्रेरणाको स्रोत आमा हुन् । आमा र दाजुको सहयोगले उनी पढेर यो स्थानमा आई पुगिन् । ‘मलाई केही काम गर्न दिनुहुन्थेन । जतिखेर पनि पढपढ । तँ ठुलो मान्छे बन्नुपर्छ, यो समाजमा भएको अन्याय अत्याचारलाई चिर्नुपर्छ भन्ने जस्ता ऊर्जा सधैँ दिनुहुन्थ्यो’ दाहाल आफ्नो बाल्यकाल सम्झन्छिन् – ‘मेरो आमा म भन्दा पनि एकदमै खरो स्वभावको हुनुहुन्थ्यो । मेरो दाजुभाइले पनि यसले पढेकी छ केही गर्छे भन्नुहुन्थ्यो, मेरो स्वभावकै कारणले गर्दा पनि होला । त्यसैले पढाउनुभयो ।’
पढेर सक्नेवित्तिकै शिक्षकको रूपमा सरकारी जागिरे भएपछि आमा पदम कुमारीका लागि ठुलो गर्वको अनुभूति भयो । समाजको अन्याय अत्याचारको पर्दा च्यात्न शिक्षण पेशाबाटै छोरीले योगदान दिन्छे भन्ने आमाको सोँच पनि भयो होला । तर आमाको सपना अनुसार अन्यायको पर्दा च्यात्न शिक्षण पेसा मात्र पर्याप्त लागेन र राजनीतिमा लागिन् । ‘म २०४३ सालमा निर्मल लामाले दिएर म पार्टी सदस्य भएको हो’ उनले भनिन् – ‘पछि विवाह गरेर गएको घरमा पनि राजनीति पृष्ठभूमि नै भएका कारण पनि मलाइ त्यस्तो कुनै समस्या भएन । झन् सहज नै भयो ।’
उनी राजनीतिमा आउनुको कारण रहर वा बाध्यता चाहिँ थिएन । समाजमा थिचोमिचो थियो, अन्याय अत्याचारले सीमा नाघेको थियो । दमन शोषण उस्तै । त्यसैले समाजमा भएको थिचोमिचो, अन्याय अत्याचार देखेर उनलाई पढाउँदा पढाउँदै राजनीतिक चेतनाले डोहो¥यायो । ‘सामन्तले सामन्तले गरेको त्यो पिडा, जुन शोषण खप्न नसकेर हामी भित्र भित्रै पिरोलिएर बसीरहेको अवस्थामा, महिलाहरूका पिडा बाहिर आइरहेका थिए तर अधिकार स्थापित गर्न नसकिरहेको अवस्थामा उहाँहरूलाई केही मलमपटी लगाउन सकिन्छ कि भनेर आफूले केही गर्न सक्छु भनेर राजनीतिमा लागे’ उनी भन्छिन् ‘पार्टी राजनीति र सङ्गठनबाटै समाजका लागि केही गर्न सकिन्छ कि भनेर नि ।’
परिवार पाल्नका लागि शिक्षण पेसा मुख्य भएकोले त्यो बेला देखी भूमिगत रूपमा काम गरेकी दाहाल २०६४ सालमा पार्टीले समानुपातिकमा सिफारिस गरेपछि राजीनामा दिएर पूर्णकालीन कार्यकर्ता भइन । पार्टीका विभिन्न पदमा जिम्मेवारी बहन गर्दै गर्दा उनी २०७४ मा राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भइन ।

प्रेम विवाहले पनि राजनीतिलाई सघायो
२०३४ सालमा सँगै पढाउने शिक्षक सूर्य बहादुर खड्का सँग प्रेम विवाह गरेकी उनलाई माया कसरी बस्यो भन्ने पत्तो भएन । तर त्यही मायाले अहिलेको अवस्थामा आउन भने सहयोग पु¥यायो । ‘हामी सँगै सँगै पढ्ने सँगै पढाउने, एउटै स्कुलमा पढाउँथ्यौँ, सँगै पढाउने भएका कारण पनि प्रेम कहिले बस्यो पत्तै पाइएन’ उनी भन्छिन् ‘श्रीमानको परिवार राजनीतिक पृष्ठभूमि भएका कारण मलाई अहिलेको अवस्थामा आउन ठुलो सहयोग पुग्यो । तर आफू बाहुनकी छोरी र श्रीमान् क्षेत्री हुँदा शुरुम भएको गाह्रो साह्रोलाई भने उनीहरू दुवै मिलेर सामना गरे ।

दिउँसो स्कुलमा पढाउने राती—राती सङ्गठन विस्तारमा
पञ्चायतकालीन समय, राजनीतिलाई सरकारको प्रतिबन्ध । त्यसमाथि समाजको परम्परागत सोँच । छोरी मान्छे भएर रातबिरात सङ्गठन गर्नु हरेक हिसाबले राम्रो मानिँदैनथ्यो । अझ स–साना सन्तानकी आमा । यी सबै कुरा सोँच्ने हो भने उनलाई जागिरको समयमा बाहेक घरबाट बाहिर निस्कन कुनै हिसाबले सम्भव थिएन । तर पनि उनले त्यो असम्भव कुरालाई सम्भव तुल्याइन र यो अवस्थामा आई पुगिन् । रातविरात नभनीकन खट्दा आफू पनि तत्कालीन शाही नेपाली सेनाबाट जोगिने, साथीहरूलाई जोगाउनुपर्ने । धेरै जोखिम मोलेर राती राती काम गर्थेँ, ज्यानकै बाजी लगाएर पार्टी सङ्गठनमा काम गर्नुपथ्र्यो । ‘तर त्यसका बाबजुद पनि समाजमा रहेका विकृति विसगतीका विरुद्ध लड्ने, शोषित उत्पिड्नमा परेका मान्छेहरूका लागि केही गर्न सकिन्छ की भन्ने लागेर पार्टीको जिम्मेवारीमा लागेर गरियो’ दाहाल राजनीतिका सङ्घर्षमय दिनहरू संझँन्छिन ‘त्यो बेलामा आफ्ना सामाजिक काम देखी लिएर शिक्षण पेसा पनि सँगै सँगै जाडिएका हुनाले आफ्ना परिवार पनि बालबच्चा पनि हुर्काउनुपर्ने अवस्था हुँदा खेरी बहुजिम्मेवारीका साथ दुख्खैले भनौ जिम्मेवारी निर्वाह गरियो ।’

राजनीतिमा हिँड्दा छोरीले दूध चुस्नै बिर्सिइन्
उनी चाहिँ दश बजेदेखि चार बजेसम्म स्कुलको काम म कहिले छोड्दिनथिन । बिहान बेलुका पार्टी सङ्गठनको काम त छँदै थियो । त्यसैले उनका छोरा छोरी मेरा दिदीबहिनीले हुर्काइदिएर ठुलो सहयोग गरे । ‘सुत्केरी भएको मैले एक महिनामै छोराछोरीलाई छोडेर हिँडेकोले रातीको समयमा समेत मेरा बच्चाबच्चीले मेरो काखमा सुत्न पाएनन्’ उनी भावुक हुँदै भन्छिन् ‘मैले महिनादिनको बच्चा छोडेर हिँडेकी थिए, पाँच छ महिना पछि छोरी भेट्न पुग्दा उसले दूध चुस्न नै बिर्सेकी थिई । मैले दूध चुसाउन नै पाइन । धेरै दुःखले दिदीबहिनीले छोरीलाई हुर्काईदिनुभयो ।’
त्यस्तो हुँदा छोराछोरीको अनुहार हेर्दा पिडा पनि हुन्थ्यो । तर उनले त्यो भन्दा ठुलो पिडा उत्पीडनमा परेका अरू दिदीबहिनीको देखेखि थिइन, त्यसैले त्यस्तो पिडा सदाका लागि अन्त्य गर्न उनले आफ्नो सङ्घर्ष छाडिनन् । ‘मेरो लागि मेरो पिडा भन्दा ठुलो अरू दिदीबहीनीको पिडा थियो । ती पिडामा परेका दिदीबहिनीका लागि केही गर्ने अठोट गरेकी हुनाले मलाई मेरो पिडाले छुने थिएन’ दाहाल भन्छिन् ‘त्यसैले मलाई दिइएको जिम्मेवारी पूरा गरेर आएँ । चुनौती नै हाम्रो सङ्घर्षको बाटो भएको हुनाले मैले यसरी काम गरेँ ।’

दुःखमा सघाउने आमा र श्रीमानले नै सफलता देख्न नपाउँदा दुःख लाग्छ
राजनितिमा लाग्नको लागि प्रेरणा दिने उनका महत्वपुर्ण व्यक्तीहरु अहिले यो संसारमा छैनन्न । आफुलाई सधैँ अगाडी बढ्न हौसला दिएर उत्साहित गर्ने आमा पदमकुमारी दाहाल र श्रीमान सुर्य बहादुर खड्काको अभाब महशुस गरीरहेकी छिन् यतिबेला उनी ।
आफू राष्ट्रिय सभाको उपाध्यक्ष हुँदा धेरै ईष्टमित्र, नातेदार, साथीसंगीहरुले बधाई दिईरहँदा आफूले आमा र श्रीमानको अभाव महसुस गरेको उनले बताईन । ‘घरमा आमाले पढ्नका लागि र राजनीतिमा अगाडी बढ्नका लागि धेरै हौसला दिनुहुन्थ्यो’ उनी भन्छिन् —‘मेरा हरेक दुःखसुखमा साथ दिने आमा र श्रीमान जो मेरा सबैभन्दा नजिकका आफन्तहरु हुनुहुन्थ्यो, उहाँहरु नै यो सफलतामा नहुुँदा दुःख लाग्छ ।’

अझै पनि पुरुषवादी चिन्तन हटेको छैन
महिला मुक्तिको लागि भनेर सङ्घर्ष गरे पनि दाहाल कहिले पनि पदको भोको रहिनन् । चाहन्थिन त पहिल्यै माग्थिन । तर २०६४ सालमा जब पार्टीले आफै समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेपछि जागिर छाडिन् र विभिन्न मोर्चामा खुल्ला रूपमै आबद्ध भइन् । ‘मेरो स्वभाव पनि त्यस्तो, पदैको लागि भनेर, माथि पुगिन्छ भनेर हिँडेको त होइन, तर पनि अब मान्छेको इच्छा चाहना त हुन्छ नै’ उनी भन्छिन् ‘अब त्यो भएको भए त म अगाडी नै हुनुपर्ने थियो नि । २०६४, ७० मा त भएन ।’
समाज परिवर्तनका लागि महिलाहरूले पनि पुरुष समान सङ्घर्ष गर्दै, क्षमता विकास गर्दै आए । तर अझै पनि महिलालाई अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने भन्ने नीतिगत व्यवस्था नहुँदासम्म क्षमताको आधारमा स्थान दिने अवस्था नहुँदा भने उनलाई दुःख लाग्छ । ‘अझै पनि महिलाहरू बाध्यकारी नीति नबनिकन स्थान पाउने अवस्था छैन’ उनी भन्छिन् – ‘त्यो चिन्तनको कुरा हो, हड्डी भित्र पसेको पुरुषवादी चिन्तनलाई परास्त गर्न त समय लाग्छ नि ।

आफै अगाडी नबढेसम्म जिम्मेवारी नपाउने अवस्था अहिले पनि छ
अहिले सम्मको अवस्थामा पुरुषहरूले दिने र महिलाहरू लिने भन्ने सोँचले गर्दा विभेद गरिएको भए पनि अब चाहिँ स्थानीयमा चालिस प्रतिशत र प्रदेश र केन्द्रमा तेत्तिस प्रतिशत सुनिश्चित भएकोले अब प्रतिनिधित्वमा सहभागिता हुने उनको भनाई छ । ‘हिँजो काम गर्न सक्ने क्षमता भए पनि बोल्न नसक्दा पछि पारिएको थियो’ उनी भन्छिन् ‘आगामी दिनमा महिलाहरूले प्रतिस्पर्धात्मक रूपमा अगाडी आउन सक्ने वातावरण बनेको छ, नीति नै बनेपछि भोलिका दिनमा त्यस्तो समस्या नहोला भन्न सकिन्छ ।’

महिलालाई कसैले कृपा गरेर ल्याएको होइन, संरचनाले आएका हुन्
कतिपय अवस्थामा कार्यकारी निकायमा पुगेका महिलाहरूले सन्तोषजनक नतिजा दिन नसकेकोले महिलाको क्षमता नभएको भन्ने आरोप लागे पनि उनी त्यसलाई मान्न तयार छैनन् । प्रतिफलका लागि सामाजिक संरचना, चिन्तन, कर्मचारीको कार्य आदिमा भर पर्ने उनको तर्क छ । ‘महिलाले मात्र होइन पुरुषहरूले नेतृत्व गरेकोमा पनि प्रतिफल नआएको अवस्था पनि भएकोले सामाजिक संरचनाहरू, पुरुषवादी चिन्तन, कर्मचारी आदि लगायतका संरचनाको कारण कारण नतिजा निस्कन नसकेको हुन सक्छ’ दाहाल भन्छिन् – ‘ठाउँ पाएपछि जिम्मेवारी पूरा नगर्ने भन्ने अवस्था हुँदैन सबै पुरानो संरचनाको कारणले गर्दा प्रतिफल नदेखिए पनि अव ५ वर्षसम्म धेरै उपलब्धि देखिन्छ ।’
समाजले हिँजोसम्म पुरुषलाई धेरै अवसर दिएको र महिलाको अनुभव धेरै तल भएकाले यो अवस्थामा एकै पटक प्रतिस्पर्धामा जान समय लाग्ने र समान प्रतिस्पर्धाको वातावरण नबन्दा सम्म आरक्षणको व्यवस्था रहने उनको भनाई छ । ‘हिँजोदेखिको क्षतिपूर्तिका लागि मात्र केही समयका लागि मात्र आरक्षणको व्यवस्था हुने हो’ भन्छिन् – ‘जति बेला सम्म समान रूपमा प्रतिस्पर्धात्मक बन्दैनन्, त्यो बेलासम्मलाई यसरी नै हुन्छ । तर सधैँ यो रहँदैन ।’
त्यो बेलासम्म महिलाहरूलाई केही सुझाव छ उनको – ‘क्षमता विकास गर्नुपर्छ , एक नम्बरमा । त्यो पदमा अरूले लगिदिने होइन म त्यहाँ आफै प्रतिस्पर्धा गरेर पुग्न सक्छु भनेर आँट गर्नुप¥यो, साहस गर्नुप¥यो । पार्टीले पनि यो महिलामा क्षमता छ भनेर हेर्नुप¥यो । महिला र पुरुष भनेर हेर्ने होइन कि कसले यो काम गर्न सक्छन् भन्छन् भन्ने हेरेर जिम्मेवारी दिनुप¥यो । ’
त्यसका लागि कसरी क्षमता वृद्धि गर्ने भनेर हामी आफूहरू लागिरहेको उनको भनाई छ । ‘केही राम्रो नेतृत्वको रूपमा निस्कनुभएको छ’ उनी भन्छिन् – ‘अहिले हाम्रा तीनै चरणका निर्वाचित भइसकेकोले स्थानीय तहहरू कार्यान्वयन गर्ने र माथिल्लो तह चाहिँ नीति निर्माण गर्ने गरी कार्यान्वयन भयो भने धेरै समस्या समाधान हुँदै जान्छ भन्ने लाग्छ ।’